बेसीशहर, भदौ ४ गते ।
काठमाडौं- एकीकृत नेकपा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीलाई चुनावी एजेण्डा बनाएको छ ।
अहिले चलाइरहेको चुनावी अभियानका क्रममा माओवादीले पहिचानसहितको संघीयताका साथै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली नछोड्ने बताएको हो ।
काठमाडौमा शनिबार भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा पहिचान सहितको संघीयता र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको अडान नछोड्दा पनि संविधान बन्न नसकेको बताउनुभयो ।
तर त्यतिबेला अन्तिम समयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच अधिकार बा“डफा“ड गर्ने र प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने दलहरुबीच सहमति भएको थियो । अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित शक्तिशाली राष्ट्रपति भए मात्रै मुलकमा स्थायित्व हुने भन्दै आउ“दो संविधानसभामा पनि यो मद्दा नछोड्ने बताउनुभयो ।
प्रचण्डले विगतमा काग्रेेस एमालेले सहमति हुन्छ भन्दै आफूलाई भुलाएको र सहमति हुने आशले प्रक्रिया नजा“दा संविधानसभा विघटन हुने अवस्था आएको जिकिर गर्नुभयो । प्रचण्डले आफू यसपटक मधेशबाट चुनाव लड्ने स्पष्ट पार्दै मिथिला क्षेत्रबाट चुनाव लड्न चाहेको बताउनुभएको थियो ।
No comments:
Post a Comment