scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, August 22, 2013

बेसीशहरका सबै वडा खुला दिसामुक्त,९ गते गाविस घोषणा हुने

बेसीशहर, भदौ ४ गते ।
बेसीशहर- लमजुङको सदरमुकाम रहेको बेसीशहर गाउ“ विकास समितिका सवै वडाहरु खुला दिसामुक्त घोषणा भएका छन् । अब सिंगै गाविसलाई आगामी भदौ ९ गते एक समारोहका बीच खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम छ ।
पछिल्लो पटक वडा नंं ९ लाई शुक्रबार एक समारोहकाबीच खुला दिसामुक्त घोषणा गरिएको हो । शुक्रबार आयोजित समारोहमा बेसीशहर सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक तथा बेसीशहर गाविसका सविच पद्मबहादुर अधिकारीले वडालाई खुला दिसामुक्त घोषणा गर्नुभएको हो । वडा नं. ९ मा शौचालय बनाउन बा“की १७ घरमा पक्की शौचालय निर्माण गरिएपछि वडालाई खुला दिसामुक्त घोषणा गरिएको बताइएको छ । वर्ल्ड भिजन लमजुङ एडीपीको सहयोग र महिला आपसी सहयोग केन्द्र भारतेको समन्वयमा वडालाई खुला दिसामुक्त घोषणा गरिएको हो । 
वडालाई खुल्ला दिसामुक्त घोषणा गर्नुपर्ूव एक जनचेतनामूलक र्‍यालीले शेराबजार परिक्रमा गरेको थियो । घोषणा सभामा आइन्दा जथाभावी दिसा गर्नेलाई जरिवाना लगाउने घोषणा गरिएको थियो । 
कार्यक्रममा सरसफाइ अभियानमा उल्ल्ेख्य भूमिका खेलेको भन्दै वडा नं ९ को सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक शरद बराल, पुयण्कुमारी सिलवाल र मनमाया दुलाललाई सम्मान गरिएको थियो । वडा नं न९ मा सरसफाईको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै महिला आपसी सहयोग केन्द्रका फिल्ड सहजकर्ता लालुमाया गुरुङ, गाविस अध्यक्ष पद्मबहादुर अधिकारी, वडा नंं १ की मिठूमाया तामाङलाई पनि वडाको तर्फाट सम्मान गरियो । 
कार्यक्रममा बेसीशहर नगर विकास समितिका अध्यक्ष जीवन कुमार श्रेष्ठ,  एनेकपा माओवादी बेसीशहरका इन्चार्ज भुपाल दनाई, नेपाली कांग्रेस बेसीशहरका सभापति नारायणबहादुर सुयल, नेकपा एमाले गाउ“ कमिटीका उपाध्यक्ष क्या. मिलबहादुर गुरुङ, नेकपा-माओवादी बेसीशहरका इन्चार्ज विजय गुरुङ, बेसीशहर आमा समूह समन्वय समितिका अध्यक्ष लक्ष्मी अधिकारी, वडा नागरिक मञ्चका खिमबहादुर अर्याल, वर्ल्ड भिजन लमजुङ एडीपीका दीपा ठकुरी, महिला आपसी सहयोग केन्द्रका कार्यक्रम संयोजक विष्णु चिलवाल, बुद्ध मेमोरियल बोर्डिङका प्रिन्सिपल शिवेन्द्र क“डेल,जीवन सहारा वचत तथा ऋण सहकारी संस्था लिका प्रबन्धक धु्रब दनाई, वडा नंं ३ मा गठित सरसफाई स्वच्छता समितिका संयोजक मायादेवी पौडेललगायतले मन्तब्य राख्नुभएको थियो ।
जिल्लाका अन्य गाविसमा सबै वडालाई एकसाथ खुला दिसामुक्त घोषणा गर्ने गरिएकोमा बेसीशहरमा भने प्रत्येक वडाको घोषणा सकि गाविसलाई पनि घोषणा गर्ने कार्यक्रम बनाइएको छ ।

No comments:

Post a Comment