बेसीशहर, भदौ ४ गते ।
काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुने संविधानसभाको दोस्रो निर्वाचनका लागि उमेदवार चयन गर्ने प्रक्रिया शुरु गरेको छ । पार्टर्ीीे केन्द्रीय कार्यालय विपीनगर सानेपा ललितपुरमा शनिबार बसेको पदाधिकारी वैठकले निर्वाचनका लागि पार्टर्ीीे घोषणा पत्र र खर्च जुटाउन दर्ुइवटा समिति गठन गरेको छ ।
बैठकले पार्टर्ीीवधानअनुसार उमेदवारको नामावली भदौ २० गतेभित्र केन्द्रमा आइपुग्ने गरी पठाउन निर्वाचन क्षेत्रीय समितिलाई परिपत्र गर्ने निर्ण्र्ाागरेको छ । "निर्वाचन क्षेत्रीय समितिले सिफारिस गरेर पठाएपछि केन्द्रले अन्तिम निर्ण्र्ाागर्ने पार्टर्ीी्रवक्ता दिलेन्द्रप्रसाद वडुले बताउनुभयो ।
नेपाली कांग्रेसको विधानले कुनै पनि निर्वाचनको उमेदवार चयनको पहिलो अधिकार क्षेत्रीय समितिलाई प्रदान गरेको छ । सो समितिमा र्सवसम्मत हुन नसकेमा तीन जनाको नाम जिल्ला कार्यसमितिमा पठाउने र जिल्लाले सीधै केन्द्रमा सिफारिस गर्ने व्यवस्था छ । उम्मेदवारको आकांक्षी धेरै हुने भएकाले क्षेत्रीय र जिल्ला तहबाट र्सवसम्मत हुने सम्भावना कम भएकाले उम्मेदवारको अन्तिम टुंगो केन्द्रीय संसदीय बोर्डले लगाउने प्रावधान राखिएको छ ।
पार्टर्ीीभापतिको नेतृत्वमा रहने संसदीय बोर्डमा उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र संसदीय दलका नेता पदेन सदस्य रहने व्यवस्था छ । त्यसबाहेक सभापतिले बढीमा आठ सदस्य चयन गर्न सक्ने व्यवस्था छ । यही भदौ ७ गते बस्ने केन्द्रीय समिति बैठकले यस विषय टुंग्याउने बताइएको छ ।
कांग्रेसले संविधानसभा निर्वाचनका लागि सभापति सुशिल कोइरालाको नेतृत्वमा निर्वाचन कोष निर्माण समिति गठन गरेको छ । समितिमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य रामकृष्ण ताम्राकार, रामशरण महत र दीपकुमार उपाध्याय सदस्य रहनु भएको छ ।
सोही वैठकले उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा पन्ध्र सदस्यीय संविधानसभा निर्वाचन घोषणापत्र तयारी समितिसमेत गठन गरेको छ । समितिमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, केबी गुरुङ, विमलेन्द्र निधि, रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, नरहरि आचार्य, नारायण खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, मीना पाण्डे, मानबहादुर विश्वकर्मा, गगनकुमार थापा र बद्री पाण्डे रहनु भएको छ ।
No comments:
Post a Comment