यो जमानालार्इ सूचना, सर्वसाधारण्ाको पहुँच र पारदर्शीताका जमाना भनि भनिएको सुन्दा र लेखिएको देख्दा यो सुलसुलेलार्इ उदेक लाग्दै आएको छ । लोकतन्त्र आएको खुल्ला वातावरण्ामा विभिन्न सभा, समारोह, महोत्सव, उत्सव मनाइन्छन् । तर माथि भनिएभmैं भएको छैन । जहाँ उत्सव भनेर आफ्नोलार्इ उँण्ाो र अर्कोलार्इ पुँण्ाो बनाइन्छ । जहाँ आर्थिक अनियमितता र भाइबन्धीको जरो गाडिन्छ, जहाँबाट सूचना तथा सञ्चार १० हात पर टाढिन्छ, त्यहाँ कसरी र कस्तो उत्सव हुन्छ ? कुरा फेसनेवल महोत्सवकै हो । लमजुङ महोत्सवबाट सुरु भएको उत्सवको रन्कोले विश्राम लिन नपाउँदै दर्जनौं ठाउँमा त्यो उत्सवरुपी जन्तु दगुर्यो र त्यो अहिले सुन्दरबजारमा आएर थन्किएको छ रे भन्ने सुलसुलेको कानमा गुन्जेको छ । पत्रकारको त न कलम हुन्छ न आवाज । अरुकै बोली र लोली छाप्ने काम न हो । भएसम्मनको जानकारी अनुसार त्यहाँको उत्सवले राखेको आशाको रोचा त के घैंटो पनि नभरिएको, दुनियाले थाहा पाउन नभ्याएको र धेरैको सहभागिता नभएको कुरा देख्दा सुन्दा सुलसुलेलार्इ दिक्क त लागेकै छ, आयोजकलार्इ भmन् कति उराठ लागेको होला ? बबुरा आयोजकहरु पोर परार भmैं दर्शक ओइरिएलान् धेरै कारोबार होला, गोजी पुष्टै होला भनेर सुटुक्क पसिना पसिना दौडधुप गर्दा पनि भनेजस्तो नभैदिएकोमा यो सुलसुले उनीहरुप्रति हार्दिक सहानुभूति राख्छ । हुनत मान्छेलार्इ पनि नगनिने यो जमानामा सुलसुलेलार्इ के गनिएला र ? तैपनि प्राण्ाी ह ृदयको कर्तव्य निभाएको मात्रै .... ।
No comments:
Post a Comment