scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 27, 2007

नि:शुल्क उपचार नपाएको गुनासो- रामजी राना,लमजुङ

जिल्ला सामुदायिक अस्पतालले गरिब, असहाय, निमुखालार्इ नि:शुल्क उपचार सेवा दिने भनेको वष्ाौं भएतापनि वास्तविक पिडितहरुले उपचार सेवा पाउन नसकेको गुनासो गरेका छन्‍ । अस्पतालमा उपचारका निम्ति आएका गरिव, असहायहरुले यस्तो गुनासो गरेका हुन्‍ । गरिब, असहाय, निमुखालार्इ अस्तालले नि:शुल्क उपचार सेवा दिने वारेमा पनि उनीहरुले अनभिज्ञता जनाएका छन्‍ । ताघि्रङका मन बहादुर वि.क.ले आफ्ना आफन्तलार्इ विरामी भएपछि ऋण्ा काढेर अस्पतालबाट उपचार गरेको बताए । अस्पतलाका प्रशासकीय अधिक ृत शंकर देवकोटाका अनुसार गरिब, असहाय, निमुखाको निम्ति नि:शुल्क उपचार कोष्ा खडा गरेको वष्र्ाौ वितिसक्दा समेत वास्तविक पिडितहरुले सो सेवाबाट बञ्चित भएका छन्‍ । उनी भन्छन्‍ ( 'लमजुङमा गरिब, निमुखा, असहाय धेरै छन्‍ तर निशुल्क उपचार गर्न तिनीहरुले थाहा नपाएर हो कि त्यति आएका छैनन्‍ । बरु हुने खानेले आफूलार्इ गरिब, निमुखा भनेर निशुल्क उपचार गरेका छन्‍ ।' अस्पतालका निदर्ेशक डा. तीर्थ थापाका अनुसार निशुल्क उपचार कोष्ामा धेरै रकम जम्मा भएतापनि गरिब, निमुखाले सो कोष्ाको बजेटबाट उपचार सेवा लिनेको संख्या अत्यन्तै न्यून छ । तर स्थानीय बुद्धिजीविहरु भने अस्पतालले गरिब, निमुखालार्इ नि:शुल्क उपचार सेवा दिदाँ घाटा हुने भएकोले सो सेवा सजिलै सबैलार्इ नदिने गरेको आरोप लगाउँछन्‍ । स्थानीय श्याम गुरुङ भन्छन्‍('यदि दिने हो भने सार्वजनिक सूचना जारी गनर्ु पथ्र्यो, त्यसो गरेको थाहा छैन । ग्रामिण्ा र विकट गाउँका गरिव, निमुखाले ऋण्ा काढेर उपचार गरिरहेका छन्‍ ।' सो असपतालको एक तथ्याÍ अनुसार श्रावण्ा महिनादेखि पौष्ासम्म अस्पतालमा १८ हजार विरामीले उपचार सेवा लिएका छन्‍ । तर ३ सय ५० जना गरिब, असहायले मात्रै नि:शुल्क उपचार कोष्ाबाट सेवा पाएका थिए । 'गरिवहरुले पैसा जति तिर्न सक्छ तिर्छ नसकेको हामीले छोडेकाछौं ।' अस्पतालका कर्मचारीहरु भन्ने गर्छन्‍ । अस्पतालमा आएका विरामीको उपचार शुल्कको १० प्रतिशत रकम नि:शुल्क उपचार कोष्ामा जम्मा गरिने बताइएपनि सो व्यवस्था नगरिएको प्रशासकीय अधिक ृत शंकर देवकोटा बताउँछन्‍ । नि:शुल्क उपचार कोष्ामा जम्मा गरिएको बजेटले गरिव, असहायलार्इ नि:शुल्क उपचार गरिने अस्पतालले जनाएको छ । श्रावण्ादेखि पौंष्ा मसान्तसम्म अस्पतालमा आएका विरामीको उपचार शुल्कबाट मात्रै ६४ लाख ६४ हजार ६ सय २२ रुपैंया आम्दानी भएको थियो । तर नि:शुल्क उपचार कोष्ामा भने पैंसा जम्मा गरिएको छैन । नेपाल सरकारले समेत वर्ष्ोनी १५ लाख रुपैयाँ अस्पताललार्इ अनुदान दिदै आएको छ । स्थानीयबासी भन्छन्‍('वास्तविक गरिब, असाहायले नि:शुल्क उपचार सेवा पाउन नसकेका तर हुने खाने टाठावाठाले नि:शुल्क उपचार कोष्ाबाट नि:शुल्क उपचार पाइरहेका छन्‍ ।' अस्पतालमा दैनिक भmण्डै २ सय निरामी उपचारका निम्ति आउँछन्‍ । जिल्ला जनस्वास्थ्यका प्रमुख जीवन कुमार मल्लले अस्पतालले आफुले भनेको नटेनर्े गरेको बताउँदै भन्नुभयो ('अक्ष्ायकोष्ामा ठूलो रकम नेपाल सरकारबाट उपलब्ध हुदा समेत गरिब, निमुखालार्इ निशुल्क उपचारमा कन्जुस्याँइ भइरहेको छ ।'

No comments:

Post a Comment