ग्रीनकार्डको लोभमा ुमाननीयज्यूु को सम्मान गुमाएका नेत्रलाल
वासिङ्टन डीसीछेउको भर्जिनिया राज्यका ग्यास स्टेसन (पेट्रोल पम्प०, बर्गर किङ्स, स्टोर, सुपरमार्के
ट कतै न कतै नेपाली भेटिइहाल्छन् । त्यसमा पनि अधिकांश डीभी पाउने नेपाली । डीभी विजेताको गन्तव्य बन्न पुगेको यो स्वप्न नगरीमा एक नेपालीचाहिँ असली परचिय लुकाउनै जाती मान्छन् । प्रसङ्ग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा० का सांसद नेत्रलाल श्रेष्ठको हो, जसको पदमुक्तिका निम्ति उनकै पार्टीले प्रक्रिया अगाडि बढाएको छ । तर, उनलाई यसको सरोकार छैन । एकाबिहानै उठेर साहूको पसल खोल्नु, पसल सफासुग्घर गर्नु अनि दिनभर ग्राहकहरूसँगै समय बिताउनु उनको अमेरकिी(दैनिकी हो । गाडीमा तेल भर्न आउने चालक हुन् वा मदिरा किन्न आउने तन्नेरी, सबैलाई भनिहाल्छन्, ूह्याभ अ गुड डे १ू यसरी हरेक दिन १० घन्टा बिताउने उनलाई फाट्टफुट्ट नेपाली ुमाननीयज्यूु भनेर सम्मान गरििदन्छन् । अपरििचत नेपालीचाहिँ सोह्रैआना डीभी विजेता ठान्छन् । हत्तपत्त आफ्नो परचिय खोल्दैनन् नेत्रलाल । नेपालमा सानोतिनो व्यापारमा लागेको भनेर टारििदन्छन् । ूपरचिय खुलाएर के गर्नु, बेकार टेन्सन, हुनु बेइज्जत भइसक्यो,ू श्रेष्ठ भन्छन् । पछिल्लो चार महिनामा दुइटा मोबाइल फेरसिके उनले । अपरििचत नम्बरको फोन प्रायः रििसभ गर्दैनन् । उठाइहाले पनि आफैँ भनिदिन्छन्, ूमाननीयज्यू अहिले हुनुहुन्न ।ूमुलुकको शक्तिशाली प्रतिनिधिसभा सदस्यको माया चटक्कै मारेर भर्जिनियाको आर्लिङ्टनको एक ग्यास स्टेसनमै पसिना बगाइरहेका नेत्रलाल पद गुम्ने कुराबाट खासै चिन्तित छैनन् । भन्छन्, ूराजनीतिलाई नै माया मारेपछि पद रहनु र नरहनुको कुनै अर्थ छैन ।ू जनताले विधायक चुनिसकेका व्यक्तिको अमेरकिा पलायन त ठीक नजँच्ने नै भयो । साथै, उनको अमेरकिी बसाइ पनि त्यति आनन्ददायी छैन । ूसांसदभन्दा पहिले म आमनेपाली हुँ । आमनेपालीको स्िथतिबारे सबैलाई थाहै छ,ू उनी भन्छन् । नेत्रलाल २०५६ सालको संसदीय निर्वाचनमा राप्रपाका तर्फबाट सल्यान क्षेत्र नं २ बाट सांसद चुनिएका हुन् । तर, चुनाव लड्दा दाजुभाइसँग लिएको करबि १५ लाख रुपियाँ ऋण तिर्न संसद्को आयले मात्र पुगेन उनलाई । पछि त्यही संसद् नै पनि भङ्ग भयो । ०६१ जेठमा राप्रपाका सूर्यबहादुर थापाको सरकार विघटन भएपछि उनले अमेरकिा पलायन हुने निर्णय गरे । त्यसका लागि उनलाई निर्माण व्यवस्ाायमा संलग्न उनका दाइले सहयोग गरेका थिए । ूआर्थिक समस्याले गाँज्दै गयो । राप्रपा पनि उँभो लाग्ने छाँट देखिनँ । भविष्य अन्धकार लागेर अमेरकिा आएँ,ू उनले नेपाल सँग भने । अमेरकिा भासिएपछि उनले दाजुभाइको ऋण मात्र चुक्ता गरेनन्, काठमाडाँैको बुद्धनगरमा घडेरी किनेर घरसमेत बनाइसकेका छन् । सामाजिक जीवन छाडेर व्यक्तिगत जीवन रोजेको उनको भनाइ छ । पहिलो एक वर्ष न्युयोर्क बसेपछि उनी भर्जिनिया सरे । उनले राजा ज्ञानेन्द्रको ुमाघ १९ु को शाही घोषणाको समर्थनमा अमेरकिामा र्याली निकाल्न अगुवाइसमेत गरेका थिए ।तत्कालीन सल्यान जिल्ला पञ्चायत उपसभापतिसमेत रहिसकेका नेत्रलाल देशमा अराजकता बढेका कारण शुभचिन्तकले नै नर्फकन सुझाव दिएको बताउँछन् । हालै कारबाहीमा पर्नुअघि पार्टीले उनलाई बोलाएको थियो । तर, व्यक्तिगत कारणले फर्किन नसक्ने जवाफ पठाए उनले । नेपालमा विद्रोही पक्षबाट पीडित भएको प्रमाणसहित राजनीतिक संरक्षणका लागि आवेदन दिएका नेत्रलालले यसै वर्ष ग्रीनकार्ड पाइसकेका छन् । उनकी पत्नी र दुई छोरा पनि अमेरकिामै छन् । अमेरकिी कानुन अनुसार १८ वर्षमाथिका सन्तानप्रति बाबुआमा उत्तरदायी नहुने भएकाले उनका जेठा छोरा भने अमेरकिा आउन पाएनन् । अहिले परविारसहित अमेरकिा बसे पनि राजाको सक्रिय शासनताका नेपाल र्फकने सोच नबनाएका होइनन् उनले । तर, स्थायी बसोवासको अनुमति (ग्रीनकार्ड० को लोभले हच्किए । जनआन्दोलनका बलमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि फेर िसांसद बन्न पाउँदा पनि उनी स्वदेश फर्किएनन् । ूनेपालमा राजालाई नै लखेट्ने अभियान सुरु भएपछि त कसरी र्फकनु रुू उनी भन्छन् ।

साभर:नेपाल
No comments:
Post a Comment