˜रामजी राना
बेसीशहर- नेकपा एमालेका नेता तथा स्थायी कमिटीका सदस्य झलनाथ खनालले आगामी चैत्र मसान्तसम्ममा संविधानसभाको निर्वाचन हुने दावी गरेका छन् ।
नेकपा एमाले लमजुङद्वारा बिहीबार बेसीशहरमा आयोजित चियापान कार्यक्रममा बोल्दै नेता खनालले पटक पटक संविधानसभा निर्वाचनको तिथि र्सदा राजतन्त्रलाई फाइदा पुगेको बताए । खनालले केही दिनभित्रै संविधानसभा निर्वाचनको तिथि घोषणा हुनसक्ने जानकारी दिए । नेपाल र नेपालीको मुक्तिको एकमात्र मार्ग संविधानसभा भएकाले कुनै पनि हालतमा संविधानसभा निर्वाचन अब चैत्रभन्दा पछि धकेल्न नहुने खनालको भनाइ थियो । उनले भने- 'अब पनि चुनाव विथोल्न खोजियो, कुनै बाहनामा टाढा सार्ने प्रयत्न भयो भने देश र जनताका लागि ठूलो धोका हुनेछ ।'
नेता खनालले अबको नेपाल भनेको बहुमतीय हैन समावेशी हुनर्ुपर्छ भन्दै संविधानसभाको निर्वाचन पनि बहुमतीय आधारमा नभै समावेशी र पर्ूण्ा समानुपातिक हुनुपर्ने एमालेको शुरुदेखिकै माग भएको बताए ।
अहिले मुलुक पूरै गणतन्त्रमय भएकाले गणतन्त्र घोषणाको मुद्दा ठूलो नभएको खनालले बताए । संविधानसभाको निर्वाचन पर पर र्सदा फेरि हिजोका प्रतिक्रियावादीहरु सल्वलाउन थालेका छन् भन्दै उनले यस्तो विषम परिस्थितिमा सात दलको एकता अरु मजबुत हुनुपर्ने आवश्यकता औंल्याए ।
सरकार र सात दलले संविधानसभाको निर्वाचन नगरी पुनःभागवण्डाको राजनीति गर्ने त होइनन् भन्ने सम्वाददाताहरुको जिज्ञासामा खनालले निर्वाचन अनिवार्य भएको र पुनः भागवण्डा भएमा त्यो तानाशाहीको अर्को रुप हुने बताए ।
बेसीशहरको मदन-आश्रति स्मृति भवनमा आयोजित चियापान कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक पार्टर्ीी नेता कार्यकर्ता, कर्मचारी, बुद्धिजीवी, र्सवसाधारण र सञ्चारकर्मीहरुको सहभागिता थियो ।
No comments:
Post a Comment