बेसीशहर- बाराका अपहरित पत्रकार वीरेन्द्र शाहको सकुशल रिहाइको माग गर्दै लमजुङका पत्रकारहरुले आइतबार दिउसो २ बजे बेसीशहरमा विरोध जुलुस निकाले । बेसीशहरको मनाङे चौताराबाट शुरु भएको विरोध जुलुस बेसीशहर बजार परिक्रमा गरी नारायणस्थान चोकमा आई विरोध सभामा परिणत भएको थियो ।
अपहिरत शाहलाई श्रि्र रिहा गर , प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर, लगायतका विभिन्न नाराहरु लेखिएका प्लेकार्ड र ब्यानर लिएर लमजुङका दर्जनौं पत्रकारहरुले मौन पर््रदर्शन गरेका थिए ।
नेपाल पत्रकार महासंघ, नेपाल पे्रेस यूनियन, प्रेस चौतारी नेपालको संयुक्त आयोजनामा विरोध पर््रदर्शन भएको थियो । विरोध जुलुसपछि नारायणस्थान चोकमा आयोजित कोण सभामा पत्रकार महासंघ लमजुङका अध्यक्ष कृष्ण केसी, नागरिक समाजका अध्यक्ष बालकृष्ण बराल, वार इकाइका अध्यक्ष गुमानसिंह अर्यालले तत्काल वीरेन्द्र शाहलाई रिहा गर्न माग गर्दै दोषी उपर कडा कारबाहीको माग गरेका थिए ।
शाहलाई बाराका माओवादी कार्यकर्ताहरुले गत असोज १८ गते अपहरण गरि बेपत्ता बनाएका छन् ।
No comments:
Post a Comment