परेवाडाँडा- गाउँमा विद्युतिकरण भई बिजुली बल्न थालेको बर्षौ भए पनि 'बाह्र बर्षा लोग्ने आयो मै मोरीलाई ज्वरो आयो' भन्ने उखानसंग मेल खाने गरी मधुरो विजुली बल्ने गरेको परेवाडाँडामा अब झिलीमिली बत्ती बल्न थालेको छ ।
गाउँको वडा नं. १ देखि ६ सम्म एकमात्र ट्रान्सर्फमर जडान भएकाले विद्युत भार थेग्न नसकि अधिकांस समय बत्ती नबल्ने र बले पनि मधुरो बल्ने गरेको थियो । तर यहि आश्विन ३० गते गाउँको कानचिरा बगैंचामा दर्ुइ वटा ट्रान्सर्फमर जडान गरिएपछि बत्ती नबल्ने र बले पनि मधुरो बल्ने समस्या हटेको स्थानीयबासीले बताएका छन् ।
परेवाडाँडा गाउँ विकास समिति र नेपाल विद्युत प्राधिकरणको सहयोगमा गाउँमा दर्ुइवटा ट्रान्सर्फमर जडान गरिएको हो । ट्रान्सर्फमर जडा गरिएपछि स्थानीयबासीको घर घरमा पर्याप्त विजुली पुगेको छ । दशैंको उल्लाससंगै विजुलीले गाउँ झिलिमिली हुन थालेपछि यहाँका बासीन्दामा हर्षछाएको छ ।
No comments:
Post a Comment