scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, November 9, 2007

माओवादी प्रतिबेदन

२०६४ अश्वीन १८ गते काठ चिरानीको काममा बाराको पिप्रामा आएका पत्रकारद्धय विरेन्द्रकुमार शाह र रामदेव दास विहान ९ वजे नै लालबहादुर चौधरीसंग भेट भएको र संगै नास्ता खाइ खाना खान अलग अलग भएको र अन्दाजी दिउसो तीन वजे पुन भेट भएको र केही समयपश्चात कुन्दन फौजदार र रामक एकवाल सहनी सोही स्थान आएको भन्ने लालबहादुर चौधरीको टेलिफोन सम्पर्कवाट खुल्न आयो ।लाल बहादुरै बयान अनुसार धान लुट्ने ढोका फोर्ने कपडा तथा घर जलाउने काममा जनतान्त्रिकको कभरमा पटक पटक सताउने काम विरेन्द्र कुमार शाहवाट हुंदा करिव ४/५ लाखको क्षति हुन गएको र घर परिवारका सदस्यमाथिको र्दुब्यबहार समेत गरी अत्यन्तै घृणित र मार्मिक कार्य गरेको छ भन्ने छ । लालबहादुरले पार्टीको विभिन्न बैठकहरुमा यस्तो अपराधि उपर पार्टीले किन कदम चाल्दैनन भनि तिव्र असन्तुष्टी सम्बन्धीत पार्टी कमिटि समक्ष राख्दै आएको पाइयो ।यि तमाम असन्तुष्टी आक्रोशले लालबहादुर र विरेन्द्र कुमार साहविच अन्तर विरोध चर्कदै गएको देखिन्छ । बदलाभावले प्रेरित भएर लालबहादुर पार्टी निर्देशन वेगर पार्टीको शक्तिको दुरुपोग गर्दै अपहरणमा तल्लीन भएको देखिन्छ ।दिउसो ४ :३० वजे पि्रपा बजारवाट पत्रकार शाह र दासलाई कुन्दन फौजदार र राम एकवाल सहनीले लाल बहादुरकै मिलोमतोमा अपहरण गरी मोटर वाइक चलाउन दवाव दिइ ककरी भन्ने स्थानमा काठ तस्कर र काठ थुपारेको र त्यसलाई एक्सपोज गर्नुपर्छ भन्ने निहुमा लालबहादुर भएको ठाउंसम्म लगेको ।उक्त स्थानमा लालबहादुर चौधरीले रामदेव दासलाई गोपनीयता भंग नगर्न चेतावनी सहित दुई जना स्थानीय व्यक्तिको साथ लगाएर फिर्ता गरेको तर विरेन्द्र कुमार साहलाई आफ्नै कब्जामा राखी कुन्दन फौजदार र राम एकवाल सहनीमार्फत एक घण्टाभित्र सफाया गर्ने निर्देशनसहति जंगलतिर पठाएको ।कुन्दन फौजदार र राम एकवाल सहनी दुई जनाले विरेन्द्रकुमार साहलाई सपही गाविसको जुगुवा र ककरी गाविसको सुखुवा वीचवाट २ किलोमिटर उत्तरपट्टीको जंगलवीच कुलो छेउको खाली चौरमा लगेर राम एकवाल सहनीले एक राउण्ड गोली काचटमा र अर्को राउण्ड गोली छातीमा हानेर हत्या गरेको ।त्यसपछि निजहरु ीफर्ताै भएर लालबहादुरकहाँ पुगेर जानकारी गराउंदा लालबहादुरले लास गाडि दिन पुन निर्देशन दिएको र सोही बमाजीम नीतिहरु त्यही चौरको आसपासमा खाल्डो खनेर लास पुरेको भन्नेकुरा लालबहादुरले दिएको फोन वयानवाट खुल्न आएको छ ।

No comments:

Post a Comment