बंगलादेशले मुर्सरफको नया ‘माघ १९’ लाई पाकिस्तानको आन्तरिक मामिला भन्नु अनौठो होइन बरू अमेरिकाले यसपालि सन्चोस"ग आन्तरिक मामिला भनिदिएन, यो चाहि थोरै अनौठो छ । के ‘डार्लिङ ब्वाई’ स"ग मोहभंग हुन लागेको हो, अमेरिकाको कि जर्दारी साहिवाका लागि समवेदनामा ऊ स्तब्ध भएको हो ओहो १ कतै लोकतन्त्रकै पक्षमा सा"च्चै उभिन लागेको त होइन बुस प्रशासन ‘बरा 'बे..नजिर’ लेख्न मन लागेको थियो अघिल्लो साता तर ‘प्रतिगमन सच्चियो’ भन्ने शैलीमा मुर्सरफस"ग टा"सिन लम्किएकी उनलाई ‘मान्छेका कथा’ मा पुनः स्थान दिन जा"गर चलेन । तर, मर्ुर्सरफको घोडा उल्टो दौडिएपछि यिनको टांगाले पनि ‘रायमाझी पथ’ बाट ब्याक गियर लगाएको छ । संर्घषा हाक्ने र हामीसमेतको विश्वास तान्ने मौका यिनलाई प्राप्त भएको छ । त्यसैले मुर्सरफको राष्ट्रपतित्वअर्न्तर्गतको प्रधानमन्त्री पदमा यिनको रुचि समाप्त भएको र माओवादी प्रस्तावमा त्यो रुचि माधव नेपालमा प्रकट नभएको दुइ रमणीय दृश्य यतिबेला हाम्रासामु छन् । दुवै दृश्य परिपक्व छन् । अमेरिकी नीति परिर्वनस"ग यो रुचि परिवर्तनको अनुहार मिल्दैन ।अलिअघि राष्ट्रपतिको प्रस्ताव उपस्थित भएको थियो, गिरिजाप्रसाद कोइरालाको टेबलमा । उहा"मा त्यो पदप्रति अरुचि छ त नभना"ै तर पूरै बन्दोबस्त नमिलाई त्यो खाने चक्कर देखिएन । प्रस्तावक माओवादीहरु विस्मित भए होलान्( एउटा संसद्वादी राष्ट्रपतिकै पद अस्वीकार गर्छ, अर्कोले प्रधानमन्त्रीको । तर, हाम्रा बुझाइहरु प्रष्ट छन्( दुवैले एउटा निश्चित प्रक्रियाको प्रतिक्षा गर्न चाहेका हुन् । खुसी मान्नुपर्छ, नियतिले बेनजिरका पयरलाई पनि लङ मार्चर्को धर्ैयतामा उभ्याउन लाग्दैछ ।त्यही धर्ैय नाम गरेको पदार्थले उत्पादन गर्दो रहेछ वजनदार नेतृत्व, जसलाई यसरी अघाउने स्थितिमा पनि पुर्याउ"दो रहेछ कि प्रधानमन्त्रीको पद फाटेको जुत्ता लागोस् । मजास"ग दोहर्याइदिनु भो गिरिजाप्रसाद कोइरालाले त्यो उपमा, आफूले भोगिआएको दायित्वलाई । यसलाई तपाई ‘नया" जुत्ता’तिरको छनकका रूपमा पनि बुझ्न सक्नुहुन्छ र प्रधानमन्त्रीको कर्ुर्सर्ीीmाटेको जुत्ता हो भनेर नबुझ्दो मुद्रामा प्रश्न उठाउन पनि सक्नुहुन्छ । नेता गिरिजाप्रसादलाई कोइराला जिपीमा साहित्यिक अनुवाद गरिसकेर एकछिन गम्नुस्.. जवाफ मिल्छ । हो साहित्यले यो विम्बलाई मिठोस"ग स्वीकार्छ । तर, त्यसो भनेर हामी कोइराला जिपीका कथा कविताहरुको प्रतिक्षा गरेर बेहोस नहोऔ"ं, फर्कौ नेता गिरिजाप्रसादले फाटेको जुत्ता संज्ञा दिएको प्रधानमन्त्रीको प्रस्तावलाई एमाले महासचिवले अस्वीकार गरेको विषयतर्फ। जुन विषयको मूल हांगोमा छ यो प्रश्न के गिरिजाप्रसाद कोइरालास"ग मोहभंग भएको हो माओवादीको सम्भावनाहरुको खेलमा उपयोगिता ह्रास नियमको सिद्धान्तबमोजिम अब सायद माओवादीलाई पुगिसक्यो, गिरिजाप्रसाद । तर, गणतन्त्रको तत्काल कार्यान्वयनलाई अस्वीकार गर्दा गर्दै पनि गिरिजाप्रसाद कोइराला माओवादीका लागि ‘वैतरणी’ का पण्डित हुन् भनी भुल्न मिल्दैन प्रचण्डदेखि बादलसम्मले । नमिठो लाग्ला तर निकै हदसम्म सत्य हो यो । तर, यो भनाइको अर्थ गिरिजाप्रसादको विकल्प माओवादीले खोज्नुहुन्न, संसद्को निर्देशन सरकारले मान्नु हुन्न भन्ने होइन । शान्त मुद्रामा सबैले स्वीकार्नुपर्छ,संसद्को सर्वोच्चताका लागि हामी लडेका थियौ" र हामीले हि"ड्ने बाटो त्यसैले मात्र निर्दिष्ट गर्न सक्छ । यहा"निर एउटा खुसीलाई गा"सौ".. ‘संसद्’ बारेको शास्त्रीय मतलाई च्याती फालेर माओवादी त्यसको प्रवक्तामा रूपान्तरित हुनु सा"च्चै सुखद् छ ।तर, उसले त्यो माग महंगो मूल्यमा रोज्यो, मूल ढोकाबाट आउन लागेको गणतन्त्रलाई जस्केलामा उभ्याएर । संविधानसभा मूलबाटो थियो हाम्रो र मूलढोका थियो गणतन्त्रको । मंसिर ३ देखिको संसद्ले गणतन्त्र घोषणा गरे पनि पाकिस्तानको नेसनल र प्रान्तीय ‘एसेम्वली’हरु मा अनुदित भएर मर्ुर्सरफ खेती गर्न हुन्न । कार्यान्वयनका लागि चुनावको तिथि तोकेर संविधानसभाको गर्भबाट नया" राज्यको जन्मस"गै पहिलो राष्ट्रपतिको घोषणा पर्खनर्ुपर्छ । अर्थात् कसैलाई पनि बेहुला बनाउने हतारो नगरी जग्गे तयारीमै संसद् लाग्नुपर्छ । यो सम्भव हुनुपर्छ.. सातदलीय एकतालाई अरू सुदृढ बनाएर, जो निर्देश छ अन्तरिम संविधानकै । एक्लाएक्लै पर्ने अहंकारका खेलहरुले बुझ्नुपर्छ( वामपन्थी भाषाको वर्गशत्रु घोडाबाट ओर्लिए पनि घोडाको जिन समाएर छेउमै उभिएको छ । अतः यतिबेलाको प्रमुख दायित्व विश्वासका संकटहरुको हल हो । त्यसका लागि सातदल बाहिर गएर होइन, वामएकता गर्नुछ भने त्यही"भित्र ‘मेजर फ्याक्टर’का रूपमा विकसित गर्दा हुन्छ । किनकि कांग्रेससमेतले बोकेको मुद्दामा माओवादीको भीषण सैद्धान्तिक मतभेद अब खोलामा बगिसक्यो, हराएका बन्दुकहरुझैं । गणतन्त्र कार्यान्वयनका लागि उत्पन्न मतभेदहरुमा ‘दुवैको कोट समाएर’ एमाले उपस्थित हु"दैछ, भलै यस प्रकरणमा केपी ओलीले दहीचिउराको कथास"ग आफ्नो पार्टर्ीीई मुछेका छन् ।विश्वप्रकाश एमालेको कार्यकता होइन तर गतविशेष अधिवेशनमा एमालेले निभाएको भूमिकाको प्रशंसा गर्दछ । यद्यपि एमाले पनि सातदलको पर्ूव निर्ण्र्ाान्दा बाहिर गयो तर नेकपा माओवादीलाई संसदीय अभ्यासमा एक्लिन दिएन । कांग्रेसस"गको ‘ड्राफट’ बढी प्रस्ट र प्रगतिशील थियो तर सहमतिको प्रयास असफल भएपछि वामकित्तामा उभिन चाहनु उसको आफ्नो राजनीति हो । ‘रिजिड’ रह"दा ‘फ्लेक्जिवल’ बन भन्ने अनि फ्लेक्जिबल’ बन्दा ‘रिजिड’ रहेकै भए वेश हुन्थ्यो भन्ने प्रवृत्ति सही होइन ।प्रशंसा यहा"निर ‘एक्लिएकाहरु ‘ माधव नेपालको, यस अर्थमा कि ‘ब्याक डोर’बाट माओवादी नेतृत्वले गरेको प्रधानमन्त्री पदको प्रस्तावप्रति अनाकषिर्त देखिनुभो उहा" । विगतमा जनसामान्यको बुझाइ थियो.. माधव नेपाल एकबाजी प्रधानमन्त्री बन्न मरिहत्ते मुडमा हुनुहुन्छ । उहा"को त्यो आकांक्षा मौका...बेमौकामा प्रकट ह"ुदै आएको पनि हो । तर, यसपालि उहा" सा"च्चै धर्ैयस"ग उभिनुभो जब कि त्यागको मनोविज्ञानका साथ फाटेको जुत्ताको अभिव्यक्ति दोहोर्याइसक्नु भा’थियो गिरिजाप्रसादले । जबकि प्रधानमन्त्री पद गिरिजाप्रसादको मागको प्राप्ति थिएन, कुनै समय दुनिया"भरिमै सबैभन्दा बढी पुत्ला जलाइएका नेताको रेकर्ड बनाइदिने कम्युनिस्टबन्धुहरुले नै किस्तीमा उहा"लाई त्यो पेस गरेका थिए ।तर, सायद त्यो किस्तीले कोल्टो फेन बाकी छ । समयले त्यो फाटेको जुत्ताको स्थानान्तरण निम्त्याइसकेजस्तो छैन । बेनजिरले कालो बादलमुनिको रुचि बदलिएझैं नया" आकाशमुनिको रुचि कमरेड माधव नेपालले रोज्नु चाहनुभा’ हुन सक्छ । सम्भवतः पार्टीको माओवादी फोबिया र माओवादीभित्रको ‘इलेक्सन फोबिया’ को उपचारमा उहा"ले बढी नै क्षमता केन्द्रित गर्नु सायद अनिवार्य छ । सातदलीय गठबन्धन बचाइराख्न र संविधानसभालाई सम्भव बनाउन राष्ट्रका प्रमुखमध्येका नेता नेपालले पूण सन्तुलित र व्यावहारिक भूमिका अदार गर्नै पर्छ ।‘फाटेको जुत्ता’ कहा" पो जान्छ र ' । नया" नेपाललाई सम्भव तुल्याएपछि ' । यद्यपि त्यतिबेलाको उम्मेदवारी नया" जुत्ताको लागि अर्थात् उपल्लै तहका लागि पनि त हुन सक्छ । ' कमरेड के गर्ने माओवादी प्रस्तावलाई ब्याक डोरबाटै फेरि पनि ‘बाई’ गर्ने कि ‘इन्’ '........(लेखक नेपाल विद्यार्थी संघका भुतपूर्व केन्द्रिय अध्यक्ष हुन )
No comments:
Post a Comment