scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, November 18, 2007

आत्मनिर्भरताका लागि अलैंची खेती


बाँझाखेत- ५ खाँचेका ४८ घरका स्थानीय किसानले ०५२ सालबाट व्यवसायिक अलैंची खेती थालेर यति वेला आत्मनिर्भर बनेका छन् ।
स्थानीय किसानले यति वेला एक हजार एक सय रोपनी जग्गामा व्यवसायिक अलैंची खेती गर्न थालेपछि परम्परागत धान, मकै, कोदो लगायतका बाली विस्थापित समेत भएका छन् । आर्थिक वर्ष०६२/०६३ मा गैर सरकारी संस्था फिडापा लमजुङले २ वटा उन्नत खालको अलैंची सुकाउने /प्रशोधन गर्ने भट्टी निर्माण तथा स्थानीय व्यवसायिक किसानलाई तालिम दिन थालेपछि स्थानीय किसानमा थप उत्साह छाएको हो ।
स्थानीय किसान गर्ज बहादुर तामाङका अनुसार अलैंची उत्पादन अत्याधिक हुनाले थप २ वटा भट्टीको खाँचो टड्कारो रुपमा देखिएको छ । '५/६ वर्षभयो मैले अलैंची खेती गरेको । वर्षोनी सजिलै म ६०/७० हजार रुपैयाँ अलैंची बेचेर कमाउँछु'- तामाङले भने । गाउँमा सेपिलो र चिस्यान जग्गा प्रशस्त छ थोरै मेहेनतमा वर्षोनी ७० हजार सजिलै कमाउन सकिने हुनाले गाउँका युवाहरु विदेसिन छाडि अलैंची खेतीमा आकषिर्त भएका छन् ।
गत वर्षखाँचेबाट ७० क्वीन्टल अलैंची उत्पादन भएको थियो । अर्का किसान पदम बहादुर तामाङले धान, मकै, कोदोमा परिश्रम र लगानी गर्नु भन्दा थोरै मेहनत र परिश्रमबाट वर्षा ६०/७० हजार सजिलै कमाउन सकिने बताए। फिडापाद्धारा अलैंची विकास केन्द्र फिक्कल इलामबाट झिकाइएका प्राविधिक गुणराज पौड्यालले चिसो र सेपिलो जग्गामा अलैंची हुने बताए । नेपालबाट उत्पादित ९८ प्रतिशत अलैंची भारत, युरोपमा मसला, आयर्ुर्वेदिक औंषधी मदिराको सेन्ट, पर्फ्र्युम, बेकरी रंग आदिका कुरामा प्रयोग गर्न लगिने बताइन्छ । पहाडी जिल्लाका चिसो र सेपिलो जग्गामा अलैंची खेतीको प्रबल सम्भावना भएकाले किसानलाई प्रविधिक ज्ञान, तालिम सरकारले दिन सके किसानहरुको भविष्य उज्ज्वल हुने कुरामा दर्ुइ मत छैन ।

No comments:

Post a Comment