
दुई भारतीय पनि
सरकारले तर्राईका लागि नया" सुरक्षा रणनीति लागू गरेलगत्तै पर्ूर्वी क्षेत्रमा प्रहरीको सक्रियता बढेको छ । गत मङ्सिरयता हालसम्म पक्राउ परेका मधेसी टार्इगर्सका १५ र ज्वाला सिंह समूहका आधा दर्जन गरी करबि दर्ुइ दर्जनमाथि मोरङ प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ । तर, उग्र गतिविधि रोकिएको छैन । गत पुस १० गते प्रधानमन्त्री कोइराला
गृहनगर विराटनगर आएकै मौका पारी स्थानीय कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजको आकस्मिक कक्षमा बम विस्फोट भयो । धन्न, बम शक्तिशाली नभएका कारण काउन्टरका सिसा मात्र फुटे, ठूलो भौतिक वा मानवीय क्षति भने भएन । त्यसै दिन मधेसी मुक्ति मोर्चाका मोरङ सैन्य कमान्डर उमेश सिंह भनिने दिनेश साहस"गै एक भारतीय नागरकि विनोद यादव पक्राउ परे । उनीहरू दुवैलाई विराटनगरको भृकुटी चोकबाट पक्राउ गरएिको प्रहरीले बताएको छ । विराटनगर १५ घर भएका दिनेशबाट दर्ुइ थान कटुवा पिस्तोल र दुइटा गोली भेटिए । उनीस"गै समातिएका विनोदचाहि" भारतीय नागरकि रहेको खुल्न आएको छ । भारत, बिहारको अररयिा घर भई हाल मोरङ, बुधनगर ३ मा बस्दै आएका उनी ज्वाला समूहलाई हतियार आपर्ूर्ति गर्ने गिरोहको सदस्य भएको प्रहरीको दाबी छ ।यसअघि मङ्सिर १२ गते विराटनगरकै त्रिमर्ूर्तिपथबाट समातिएका ज्वाला समूहका मोरङ इन्चार्ज रघुवंश मिश्र ,राजरचन्दन० पनि भारतीय नागरकि रहेको प्रहरी स्रोत उल्लेख गर्छ । नक्कली नागरकिताको प्रमाणपत्र बनाई उनले छ वर्षेखि नेपाल विद्युत् प्राधिकरणको विराटनगर कार्यालयमा कम्प्युटर अपरेटरको अस्थायी जागिर खाइरहेको खुल्न आएको छ । प्राधिकरणमा जागिर खानुअघि उनले केही समय विराटनगरस्थित कलेज अफ सफ्टवेयर इन्जिनियरङि्मा पनि पढाएका थिए । रघुवंशको साथबाट नौ राउन्ड गोली जाने एउटा अमेरकिी पिस्तोल, तीनवटा म्यागजिन र त्यसमा प्रयोग हुने २१ थान गोली, मोबाइल सेट आदि बरामद भएको थियो । उनी विराटनगरमा रहेको एमाले पार्टर्ीीार्यालयलगायत आधा दर्जन ठाउ"मा भएका विभिन्न बम विस्फोटमा संलग्न रहेको प्रहरीको भनाइ छ । आफूलाई ज्वाला सिंह समूहको मोरङ इन्चार्ज बताउने रघुवंश भन्छन्, ूतर, म यो समूहमा लागेको आठ महिना मात्रै भयो ।ूपछिल्ला दिनहरूमा समातिनेमा चाहि" मधेसी टार्इगर्सका कार्यकर्ता बढी छन् । जस्तो कि, पुस १० गते विराटनगर १, पोखरयिाको भट्टाचोकस्थित बस्तीबाट मधेसी टार्इगर्सका झापा,मोरङ,सुनसरी ब्युरो सचिव गगन सिंह उपनामका किशोर अटल समातिएका थिए । उनीस"गै डोमीराम चमार ,जल्लाह सिंह०, भरत चौधरी ,विवेकरविजय०, सुशीलकुमार साह काउ०, रञ्जित यादव,आरके०, सुशील गुभाजुलगायतका कार्यकर्ता पनि पक्राउ परेका थिए । उनीहरूलाई रञ्जित यादवको घरमा बैठक गररिहेका बेला प्रहरीले समातेको हो । त्यसैदिन विराटनगरको विराट नर्सिङ्होम नजिकबाट टार्इगर्सकै दर्ुइ कार्यकर्ता विष्णुदेव यादव र हरेराम मण्डल पनि समातिए ।

आठ जिल्लामा विशेष सक्रियता
सरका
रले तर्राईका आठ जिल्लालाई सुरक्षाका दृष्टिले संवेदनशील मान्दै मङ्सिर १५ गतेदेखि विशेष कार्यदल परचिालन गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको यो विशेष टोलीले गाउ"(बस्तीमा र्सच अभियान चलाएर शङ्कास्पद व्यक्तिहरूमाथि निगरानी गररिहेको जनाएको छ । सशस्त्रका ३० र नेपाल प्रहरीका २० सुरक्षाकर्मीहरू रहेको हरेक टोलीको नेतृत्व सशस्त्र प्रहरीका नायब उपरीक्षकले गरेका छन् ।प्रहरी सक्रियता बढाइएका जिल्लाहरूमा सप्तरी, सिराहा, धनुषा, र्सलाही, रौतहट, महोत्तरी, बारा र पर्सर्ााहेका छन् । हिंसात्मक गतिविधिबाट प्रभावित मोरङ र सुनसरी जिल्लामा चाहि" यस्तो विशेष कार्यदल खटाइएको प्रकाशमा नआए पनि थोरै सदस्य रहेको एकाइले काम गररिहेको प्रहरीले जनाएको छ । ूसुनसरी,मोरङमा चाहि" अरू जिल्लामा जस्तो स्पेसल टास्कफोर्स खटाइएको छैन,ू मोरङका प्रहरी उपरीक्षक योगेन्द्रबहादुर कटुवाल भन्छन्, ूतर, हिंसात्मक घटनाक्रम बढेमा यहा" पनि विशेष कार्यदल परचिालन गरनिसक्छ ।ूएसपी कटुवालका अनुसार, सुनसरी(मोरङमा हाल सुरक्षा संयन्त्रको सानो जमातले टास्कफोर्सको काम गररिहेको छ । फोर्सका सदस्यहरूले विभिन्न कार्यालयका कर्मचारी, उद्योगी,व्यापारी र र्सवसाधारणलाई मोबाइल फोनमार्फ वा प्रत्यक्ष धम्क्याउ"दै चन्दा उठाउनेहरूको सूचना सङ्कलन गररिहेको छ । त्यस क्रममा केहीलाई समातेको पनि छ । कटुवालको अनुभवमा, ूसमातिएकाहरू प्रायः आपराधिक पृष्ठभूमिका छन् ।ू सीमापारकिा प्रहरीले आवश्यक सहयोग उपलब्ध गराएमा नेपाल प्रहरीले आपराधिक चलखेल रोक्न सक्ने उनको दाबी छ । विराटनगरको सीमापार िअररयिाको मीरगन्ज क्षेत्रमा हतियार किनबेच हुने गरेको सूचना आए पनि भारतीय सुरक्षाकर्मीको उल्लेख्य सहयोग नपाएका कारण कारबाही अगाडि बढाउन नसकेको गुनासो एसपी कटुवालले गरे ।तर्राईमा विशेष सुरक्षा कार्यदल परचिालन गरएिपछि सप्तरीदेखि महोत्तरीसम्मका आठ जिल्लामा दिनहु"जसो हतियार बरामद हुने र हतियारधारीहरू पक्राउ पर्ने क्रम जारी छ । टोली परचिालनपछि सम्बन्धित जिल्लाहरूमा शान्ति सुरक्षाको अवस्था सुधारएिको प्रशासन प्रहरीले दाबी गरेको छ । केही जिल्लाको पछिल्लो हालचालचाहि" यस्तो छ ।सप्तरी ः कार्यदल परचिालनपछि सप्तरीमा आपराधिक घटनामा कमी आएको सुरक्षा निकायले दाबी गरे तापनि यस्ता घटनाहरू पर्ूण्ातः रोकिएका छैनन् । पुस ११ गते अज्ञात समूहको गोली प्रहारबाट इटहरी, विसनपुर ४ मा भारतीय व्यापारी लाल महमद मारएिका छन् । भारत, बिहार मधुवनीका महमद लगानी असुलीका लागि मोटरसाइकलमा राजविराज जा"दै थिए । तीनवटा मोटरसाइकलमा आएका चार जनाले उनलाई पेट र छातीमा गोली हानेपछि घटनास्थलमै उनको मृत्यु भएको थियो । त्यसअघि पुस ४ गते ज्वाला सिंह समूहका कार्यकर्ताले कल्याणपुर ८ मा गजेन्द्र श्रेष्ठ र पशुपति श्रेष्ठको हत्या गरेका थिए ।सप्तरी क्षेत्रमा सशस्त्र प्रहरीका नायब उपरीक्षक कृष्ण कोइरालाको नेतृत्वमा विशेष टोली परचिालित छ । बरमझियास्थित सशस्त्र प्रह
री बलको दन्तकाली गणका प्रमुख प्रल्हाद केसीका अनुसार, कार्यदल परचिालनपछि जिल्लाका विभिन्न क्ष्ँेत्रबाट शङ्कास्पद ३० जना पक्राउ परेका छन् । तिनका साथबाट एउटा १२ बोरको बन्दुक, तीनवटा कटुवा पिस्तोल, एउटा भरुवा बन्दुक र १० राउन्ड गोली बरामद भएको छ । उनीहरूले प्रयोग गर्ने सातवटा मोटरसाइकल पनि कब्जा गरएिको प्रहरीले बताएको छ । कार्यदलको सक्रियतास"गै आपराधिक घटनाहरूमा संलग्नहरू सीमापार िभारततिर भागेको गणपति केसीको भनाइ छ । उनी छिटफुट घटना नरोकिएको पनि स्वीकार गर्छन् । यस अवधिमा भएका अपहरणका तीन घटनामा भने अपहरति सबैलाई प्रहरीले मुक्त गराउन सफलता पाएको थियो । कार्यदल परचिालनपश्चात् गोइत नेतृत्वको जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका ुजिल्ला सैन्य कमिसारु विवेकले पार्टर्ीीरत्ियागको घोषणा गरेका छन् भने मधेसी मुक्ति टार्इगर्सका १९ कार्यकर्ता आत्मर्समर्पणका लागि सर्म्पर्कमा आएको गणपति केसीले बताए ।धनुषा ः यहा" पनि आपराधिक क्रियाकलापमा संलग्न रह"दै आएका १३ जना पक्राउ परेका छन् । तिनका साथबाट दर्ुइ थान अत्याधुनिक हतियारसहित छवटा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । केही दिनअघि जनकपुरमा ुमाथवर मुखिया समूहु का नामले लुटपाटमा सक्रिय छ जना पनि पक्राउ परेका थिए । उनीहरूबाट अमेरकिी पिस्तोल र म्याग्जिन बरामद गरएिको प्रहरी नायब उपरीक्षक रूपसागर न्यौपानेले बताए । यस अवधिमा नगरमा आपराधिक गतिविधिमा उल्लेख्य कमी भएको प्रहरीको दाबी छ । तर, टोली नगरकेन्द्रित भएकाले गाउ"हरूमा डकैतीका घटना छिटफुट भइरहेका छन् । डा"काको गोलीले केही दिनअघि एक गाउ"लेको मृत्यु भएको थियो भने दर्ुइ जना घाइते भएका छन् ।सिराहा ः कार्यदल परचिालनपछि प्रहरीले लहान र सिराहा नगरपालिकाका प्रवेशद्वारमा चेकपोस्ट खडा गरी निगरानी बढाएको छ । र, जिल्लाका विभिन्न गाउ"मा दैनिकजसो छापामारी, र्सच र गस्ती तीव्र पारेको सशस्त्र प्रहरी उपरीक्षक हरशिरण अधिकारीको भनाइ छ । त्यस क्रममा ज्वाला सिंह समूहका पा"च र अन्य पा"च जनालाई हतियारसहित पक्राउ गरएिको प्रहरीले जनाएको छ । स्थानीय नेताहरूले भने विशेष कार्यदलको कारबाही प्रभावकारी नभएको टिप्पणी गरेका छन् । सिराहा काङ्ग्रेस सभापति एवम् विधायक सीतादेवी यादव विशेष कार्यदल ुकामै नलाग्नेु भएको बताउ"छिन् । जनमोर्चा नेपालका सिराहा अध्यक्ष्ँ रामकुमार यादवले कार्यदल प्रभावकारी नभएकाले नै अपराधीहरूले प्रोत्साहन पाइरहेको बताए ।
प्रहरी उपरीक्ष्ँक मिङमा लामा कार्यदलको जनशक्ति तीन गुणा थप गरएिमा मात्र जिल्लामा पर्ूण्ारूपमा शान्तिसुरक्ष्ँँ कायम गर्न सकिने बताउ"छन् । त्यसका निम्ति माथिल्लो निकायमा अनुरोध गरसिकिएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीका विचारमा चाहि" शान्ति सुरक्ष्ँा कायम गर्न साधनस्रँेत भए तापनि सही सूचनाको अभाव छ ।र्सलाही ः कार्यदल परचिालनपछि यहा" चोरी, डकैती, सवारी लुटपाट, अपहरणजस्ता गतिविधि कम भएका छैनन् । प्रहरीले कम्तीमा आठ थान बन्दुकसहित दर्ुइ दर्जनलाई पक्राउ गरेको छ । प्रमुख जिल्ला अधिकारी सीताराम पोखरेलले कार्यदल परचिालनपछि सुरक्षा व्यवस्थामा धेरै सुधार भएको प्रतिक्रिया स्थानीयवासीबाट आएको दाबी गरे । जनतालाई दुःख नदिई विश्वासमा लिएर काम गर्न सके अपराध धेरै हदसम्म रोकिने प्रजिअ पोखरेलको बुझाइ छ । प्रहरी उपरीक्षक गणेश केसी पनि कार्यदल परचिालनपछि अपराध घटेको दाबी गर्छन् । तर, कार्यदलले छापा मारेका ठाउ"का बासिन्दाले रातको समयमा आफूहरूलाई अनावश्यक दुःख दिने गरएिको गुनासोसमेत गरेका छन् । रौतहट ः केही समययता ज्वाला सिंह र गोइत समूहका भूमिगत गतिविधि कम भएको सशस्त्र प्रहरीका उपरीक्षक रामकृष्ण लामा दाबी गर्छन् । दिनहु"जसो डकैती र लुटका घटना हुने गरेको जिल्लामा कार्यदल परचिालन गरएिपछि त्यसमा नियन्त्रण आएको उनको भनाइ छ । विशेष कार्यदलले केही समयअघि ब्रह्मपुरी गाविसका बबन सिंहको घरबाट १२ थान गोलीसहित एउटा बन्दुक बरामद गरेको थियो । स्मरण रहोस्, बबन गत भदौ १६ गते काठमाडौ"मा भएको बमकाण्डका मुख्य आरोपितमध्येका हुन् । महोत्तरी ः अन्य जिल्लामा प्रायः तर्राई मूलका व्रि्रोहीहरू समातिए पनि महोत्तरीमा भने पहाडी समुदायका पनि पक्राउ परेका छन् । विशेष कार्यदलले मङ्सिर २० गते रामनगर,१ का प्रकाश गर्ुमछाने, राकेश लुङ्गेली, कविरमान राना, दानबहादुर समाल मगर, शङ्कर लुङ्गेलीलाई हतियारसहित पक्राउ गरेको थियो । तिनका साथबाट एक-एकवटा भरुवा बन्दुक र कटुवा पिस्तोल, केही गोली र बारुद, दुइटा मोटरसाइकल, मोबाइलसमेत बरामद भएको जिल्ला प्रहरीले जनाएको छ । त्यसबाहेक अन्य विभिन्न व्यक्तिहरू पनि हातहतियारसहित पक्राउ परेका छन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कार्यदल परचिालनपछि जिल्लामा आपराधिक गतिविधिमा कमी आएको ठोकुवा नै गरे । तर्राईमा बढ्दो चन्दा, अपहरण र व्रि्रोही गतिविधि निस्तेज पार्न सरकारले सुरक्षा निकायको सक्रियता बढाए पनि हत्या,हिंसाको शृङ्खला रोकिएको छैन । तर्राईको अस्थिरता र व्रि्रोहस"ग जोडिएका सामाजिक,आर्थिक,राजनीतिक पाटोहरूलाई बेवास्ता गरी सुरक्षा कारबाहीमा मात्र जोड दि"दा समस्या झन् जेलिन सक्नेतर्फकाठमाडौ"ले पर्याप्त ध्यान नपुर्याएको पनि देखिन्छ ।साभार:नेपाल



No comments:
Post a Comment