scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, January 8, 2008

पर्ूवाधार पुरा छ तै बत्ती बलेन

बेसीशहर- विजुली बत्ती बाल्न आवश्यक सबै पर्ूवाधार पूरा भए पनि जिल्लाको पुरानो सदरमुकाम कुन्छाका बासीन्दाले अझै बत्ती बाल्न पाएका छैनन् ।
कुन्छासंगै जोडिएको परेवाडाँडामा भने अघिल्लो महिना बिजुली बलेको छ । तर कुन्छाका बासीन्दा भने मिटर बक्सको अभावमा बिजुलीको उज्यालोमा रम्न पाएका छैनन् ।
कुन्छामा बिजुली बाल्नका लागि बिद्युतिकरणका सबै काम सकिएको छ । तीनवटा ट्रान्सर्फमर जडान भैसकेका छन् । स्थानीय गाउँ विकास समिति र जिल्ला विकास समितिको झण्डै २० लाख रुपैयाँको अनुदानमा गाविसभर बिद्युतीकरणको काम सकिएको हो ।
पर्ूवाधार पूरा भए पनि बत्ती बाल्न नपाएपछि कुन्छाबसी नमज्जा मानिरहेका छन् । पाउँदी पारी तनहूँका बसीन्दा, परेवाडाँडा र सुन्दरबजारमा झलमल्ल बिजुली बलेको हर्ेर्नु अझै यहाँका बासीन्दा बाध्य छन् । विद्युत उपभोक्ता समितिले मिटरबक्स उपलब्ध गराउने भने पनि अहिलेसम्म उनीहरुमध्ये अधिकांशले पाएका छैनन् ।
२०२८ सालमा कुन्छाबाट बेसीशहरमा सदरमुकाम सरेपछि सुनसान हुँदै आएको कुन्छामा केही बर्षअघिबाट मोटर चल्न थालेको छ । मोटर चढ्न सुन्दरबजारसम्म आउनुपर्ने बाध्यता हटेपनि विजुली बाल्ने धोको कहिले पुरा हुने हो थाहा छैन ।

No comments:

Post a Comment