चन्दे्रश्वर ५, स्थित जिल्लाकै पुरानो विद्यालय सर्वोदय उच्च माविमा पर्याप्त कक्षा कोठाको अभाव हुँदा एउटै कक्षामा २/३ वटा कक्षा सञ्चालन हुँदै आएका छन् ।
ठूला ठूला प्वाल र छङ्छङ्ती देखिने चित्राले बारेको कोठामा कालो पाटी एउटै छैन । शिशु कक्षा, र १ कक्षालाई पर्ूव पश्चिम फर्काएर पढाइन्छ । कक्षा २ लाई चित्राले बारेको अर्को तर्फ राखेर कक्षा १ र २ लाई एउटै कालो पाटी दर्ुइ भागमा विभाजित गरेर पढाइन्छ ।
साना बच्चालाई पढाउन गाह्रो हुने, त्यहिँ माथि एकै कक्षामा २/३ वटा कक्षा सञ्चालन गरेर एउटै कालो पाटीमा पढाउनु पर्दा समस्या भएको शिक्षकहरुको भनाई छ । बषर्ायाममा त छानो समते चुहिन्छ, कसरी पढाउने - लमजुङ आवाजसंग गुनासो गर्दै प्राचार्य ऋषिराम खनियाले भने । उनका अनुसार एकै कक्षामा चित्राले बारेर कक्षा शिशुका ८, कक्षा १ का १७ र कक्षा २ का २५ जना विद्यार्थी अध्ययन गरीरहेका छन् ।
त्यसरै गरी कक्षा ३ र ४ का विद्यार्थीहरुलाई पनि छङ्छङ्ती देखिने चित्राले बारेको कोठामा पर्ूव र पश्चिम फर्काएर पढाउने गरिएको छ । 'एउटा कक्षामा लेख्न लगाउने र अर्को कक्षामा पढ्न लगाउने गरेका छौं खनियाले भने । कक्षा ३ मा ३३ जना र कक्षा ४ मा २५ जना विद्यार्थीलाई खचाखच खाँदेर पढाउने गरिएको छ । एकै कक्षा कोठामा २/३ कक्षा सञ्चालन गरेपछि शिक्षकले पढाएको बुझनै गाह्रो हुने विद्यार्थीहरुको भनाई छ ।
No comments:
Post a Comment