scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, January 13, 2008

जिल्लामै पहिले विजुली बाल्नेहरु टुकीको भर पर्दैछन्

करापुटार - लमजुङ जिल्लामा पहिलो पटक विजुली बत्ती बलेकोर् इशानेश्वर र भोर्लेटार गाउँका बासिन्दा अहिले टुकीको भरमा जीवन निर्वाह गर्न बाध्य छन् ।
करापुटार सिञ्चाइ आयोजना अर्न्तर्गतको नहरबाट ल्याइएको पानीबाट २०३६ सालमा यो ठाउँमा विजुली बलेको थियो । स्थानीय साझा संस्थामार्फ कृषि विकास बैंकबाट ऋण लिएर स्थानीयबासीले विजुली बालेका थिए । तर केही बर्षछि नहर पुरिएर पानी कम आउनु, साझा संस्था घाटामा जानु र अन्य विविध कारणले विजुली पनि बल्न छोडेको स्थानीय ६५ बषिर्य तर्ीथराज घिमिरेले बताए ।
२०३६ सालमा देशका धेरै ठाउँमा विजुली बलेको थिएन । लमजुङमा पनि पहिलो पटक मिदीम खोलाबाट नहर ल्याई त्यसैको पानी बाट स्थानीय बासीले विजुली बाल्नुका साथै गाउँमा मिलसमेत सञ्चालन गरेका थिए । उत्पादित विजुली छिमेकी जिल्ला कास्कीको थुम्कीसम्म पुगेको थियो । अहिले जिल्लाका धेरै ठाउँमा बिजुलीको उज्यालो पुगेको छ तर इशानेश्वर र भोर्लेटारका बासीन्दा भने टुकीको भरमा निर्वाह गर्दैछन् ।
गाउँमा पुनः विजुली बाल्न २०५४ सालदेखि पहल हुँदै आएको छ । इशानेश्वर, भोर्लर्ेटार, नाल्मा, बाँग्रे, धुसेनी, नेटा लगायत ११ वटा गाविसको पहलमा अधिकांश ठाउँमा विजुलीको पोल गाड्ने र तार टाङ्ने काम पनि सकिएको छ । तर विजुली कहिले बल्ने हो स्थानीयबासीलाई थाहा छैन । भोर्लेटारका रमेशचन्द्र घिमिरे भन्छन्-"सबै पर्ूवाधार तयार हुँदा पनि अझै बिजुली बलेको छैन, २०५३ सालदेखि हामी विजुली कहिले बल्छ भनेर सध्दैछौं, समितिका मान्छेहरु अब एक बर्षभत्रै बल्छ मात्र भन्छन् । पोहोर साल सोध्दा पनि एक बर्षभन्थे, अहिले सोध्दा पनि अब एक बर्षपछि मात्र भन्छन् ।"
गाउँमा विजुली बत्ती बल्ला र विजुलीको उज्यालोमा रमाउँला भन्ने स्थानीयबासीको सपना कहिले पुरा हुने हो कसैलाई थाहा छैन ।
विजुली नबल्दै त्यहाँ गाडिएका कतिपय पोल ढलिसके, कति ढल्न लागिसकेका छन् । भोर्लेटार बजारमा राखिएका ट्रान्सर्फमर जडान नगर्दै खिया लागेर काम नलाग्ने भैसकेका छन् । स्थानीय गाविसहरुको लाखौंको बजेट पनि सकिसक्यो । तर पश्चिमी लमजुङमा विजुली बल्न सकेको छैन ।

No comments:

Post a Comment