उदीपुर- निर्माणाधीन मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको बाँधक्षेत्रमा विष्फोट गर्ने क्रममा बिहीबार मृत्यु भएका एक मजदुरको परिवारलाई ठेकेदारले क्षतिपर्ूर्तिबापत ३० लाख रुपैयाँ दिने भएको छ ।
बिहीबार दिउसो १२.०८ बजेपरियोजनाको बाँध निर्माणस्थलमा विष्फोट गर्ने क्रममा ढुंगा उछिट्टएिर परियोजनाका मजदुर अमृत अर्याल -२८) को मृत्यु भएको थियो । परियोजनाको अपरेटर क्याम्पमा फोन गर्दै गरेका बेला विष्फोट भए पछि करीब ६० केजीको ढुंगा उछिट्टएिर अपरेटर क्याम्पको टीनको छानो र प्लाइउडको भित्तो भत्काएर अर्यालमाथि बज्रन पुगेको थियो । उनलाई तुरुन्त उपचार्रार्थ जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।
अखिल नेपाल ट्रेड युनियन महासंघ र डिडिसीका मजदुरहरुको पहलमा ठेकेदारको तर्फाट पर्सनल मेनेजर विश्वमाण्ी भण्डारी र जनसर्म्पर्क अधिकृत कर्ण्र्ाा थापा मृतकका परिवारलाई क्षतिपर्ूर्ति दिन सहमत भएका छन् । नाता प्रमाणितको कागजपत्र पेश गरेपछि मृतकका भाइ लोकनाथ अर्यालले क्षतिपर्ूर्ििको रकम पाउने शुक्रबार सम्झौता भएको छ । अर्यालको मृत्युपछि स्वतःस्फूर्त अबरुद्ध भएको परियोजनाको काम शनिबारबाट सुचारु भएको छ ।
यद्यपी खाना खान निस्कने बेलामा शुक्रबार ड्यामसाइटमा विष्फोट भएकोमा मजदुरहरुले त्यस सम्बन्धमा छानबीन गरी दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् ।
No comments:
Post a Comment