सुन्दरबजार महोत्सव सम्पन्न
सुन्दरबजार- शुक्रबारबाट यहाँ शुरु भएको सुन्दरबजार उत्सव २०६४ बुधवार समपन्न भएको छ ।
उद्योग, ब्यापार, कृषि र आन्तरिक पर्यटन पर््रवर्द्धन, स्थानीय कला, साँस्कृतिक संरक्षण भन्ने नाराका साथ लमजुङ उद्योग बाणिज्य संघ, सुन्दरबजार इकाइको आयोजना, सेकोड नेपालको सहआयोजनामा उत्सवको आयोजना गरिएको थियो ।
उत्सवमा खुल्ला लोक दोहोरी गीत प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुति, खाना महोत्सव, विभिन्न जनजातिका सांस्कृतिक झलकहरु, ऐतिहासिक फोटो पर््रदर्शनी, बाल उद्यान, खुल्ला भलिवल प्रतियोगिता प्रमुख आकर्षाका रुपमा राखिएको थियो ।
५० हजार आन्तरिक तथा बाहृय पर्यटन भित्र्याउने र डेढ कराड रुपैयाँको कारोबार गर्ने लक्ष्यका साथ आयोजना भएको महोत्सव आयोजकले सोचे जति सफल नभए पनि सुन्दरबजारलाई शैक्षिक, आर्थिक र सास्ंकृतिक केन्द्रका रुपमा विकास गर्न धेरै हदसम्म सहयोगी सावित भएको आयोजकहरुको दावी छ । महोत्सवमा फोटो पर््रदर्शनी, दोहोरी गीत प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुति, खाना महोत्सव, बाल उद्यान आकर्षाका केन्द्र रहे ।
६ दिनसम्म चलेको उत्सव अन्दाजी ३६ हजार दर्शकले हजार दर्शकले अवलोकन गरे भने करीब ३० लाख रुपैयाँ बराबरको कारोबार भएको बताइएको छ । कृषि, घरेलु तथा विभिन्न औद्योगिक सामाग्री राखिएका २५ भन्दा बढी स्टल उत्सवमा राखिएका थिए । साथै कृषि पर््रदर्शनी, बाख्रा पर््रदर्शनी समेत गरिएको थियो ।
No comments:
Post a Comment