scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, February 24, 2008

बेसीशहरको सबै जानकारी अव पुस्तकमा

बेसीशहर- बेसीशहर गाउँ विकास समितिको सम्पर्ूण्ा वस्तुस्थिति अब पुस्तकमा पाइने भएको छ । बेसीशहरको विषयमा सबै जानकारी समेटिएको पुस्तक हालै तयार गरिएको छ ।
पुस्तकको शुक्रबार बेसीशहरमा एक कार्यक्रमबीच जिल्ला न्यायाधीश शिवप्रसाद भेलेले विमोचन गरे । लमजुङ जिल्लामै पहिलो पटक बेसीशहर गाउँ विकास समितिले गाविस भित्रको जनसंख्या, जग्गा जमिन, विद्यालय, होटल रेष्टूरेण्ट तथा धार्मिक स्थल लगायत सम्पर्ूण्ा जानकारीहरु समेटिएकोे पुस्तक प्रकाशन गरेको हो । कार्यक्रममा वक्ताहरुले गाविसको सम्पर्ूण्ा जानकारी समेटिएको पुस्तक प्रकाशन भएकोमा खुशी व्यक्त गर्दै यसबाट बेसीशहर गाविसको सम्पर्ूण्ा जानकारी पाउन सकिने बताए । उनीहरुले अन्य गाविसहरुले पनि गाविसको बारेमा सबै जानकारी मिल्ने गरी पुस्तक निकाल्नुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा जनमोर्चा अध्यक्ष मुरारी अर्याल, नेपाली कांग्रेसका कोषाध्यक्ष अम्बिका प्रसाद घिमिरे, एमाले क्षेत्र नं. २ कार् इञ्चार्ज फूलबहादुर थापा, नेकपा माओवादीका प्रतिनिधि विवेक दुलाल, प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्याय, निमित्त स्थानीय विकास अधिकारी झलकराम अधिकारी, बेसीशहर नगर विकास समितिका अध्यक्ष भूपालबहादुर दनाई, नेपाल बार एशोसियशन लमजुङका अध्यक्ष गुमानसिंह अर्याल,लमजुङ उद्योग बाणिज्य संघका महासचिव रामकुमार श्रेष्ठ लगायतका वक्ताहरुले मन्तब्य राखेका थिए ।
कार्यक्रम नागरिक समाजका अध्यक्ष बालकृष्ण बरालको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment