बेसीशहर- पटक पटकका बन्द र हड्तालले नराम्ररी प्रभावित भएको मुलुककै ठूलो मध्यमर्स्याङदी जलविद्युत परियोजना पुनः अनिश्चितकालका लागि बन्द हुन पुगेको छ ।
मधेसमा आन्दोलनरत संयुक्त मधेसी मोर्चाले गरेको तराइ बन्दका कारण इन्धन आपर्ूर्ति हुन नसकेपछि परियोजना बन्द भएको हो । मध्यमर्स्याङदीमा दैनिक २० हजार लिटर डिजेल खपत हुने गर्दछ । तराइ बन्दका कारण अमलेखगञ्जबाट आउनुपर्ने इन्धनको आपर्ूर्ति रोकिएको र यहाँ संचित डिजेल पनि सकिएका कारण परियोजनाको ठेकेदार डिडिसी-जे.भी.ले आइतबार एक सूचना प्रकाशन गरी परियोजना अनिश्चितकालका लागि बन्द गरिएको जनाएको हो ।
शसस्त्र द्वन्द्धका क्रममा नराम्ररी प्रभावित हुन पुगेको मध्यमर्स्याङदी को काम देशमा शान्ति बहालीसंगै चौविसै घण्टा चल्न थालेको थियो । तर लोकतन्त्रमा बढ्दै गएको छाडातन्त्रका कारण पुनः यो परियोजना मारमा पर्दै गएको छ । १३ अब ६५ करोड रुपैयाँको लागतमा सम्पन्न गर्ने लक्ष्यका साथ शुरु भएको मध्यमर्स्याङ्दीको लागत विभिन्न समयका बन्द, हड्ताल र अन्य विविध प्राविधिक कारणले ३० अर्व रुपैयाँको हाराहारीमा पुग्न लागेको छ ।
सन् २००१ मा शुरु भई ००४ मा सकिनुपर्ने मध्यमर्स्याङ्दी बाट ७० मेघावाट विद्युत निकालिने छ । परियोजनाको ड्याम र विद्युत गृहको काम करिब करिब अन्तिम चरणमा पुगेको छ । हालसम्म परियोजनाको काम ९० प्रतिशत मात्र सकिएको र यो बर्ष-सन् २००८)को अन्तसम्ममा परियोजनाबाट विद्युत उत्पादन शुरु हुने विद्युत प्राधिकरणले जनाएको छ ।

No comments:
Post a Comment