scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, February 26, 2008

लर्डाईँमा जनता तस्वीर पर््रदर्शनी


बेसीशहर- माओवादी जनयुद्ध शुरु भए यता -०५२ फागुन) करिब १३ बर्षचलेको गृहयुद्धमा भएको मानवीय र भौतिक क्षतिको तस्वीर पर््रदर्शनी शुक्रबार र शनिबार बेसीशहरमा चल्यो ।
'लर्डाईमा जनता' नामक पुस्तकमा संङ्कलित तस्वीरहरुमध्ये चुनिएका अति संवेदनायुक्त तस्वीरहरुको हजारौं दर्शकले अवलोकन गरे र फेरि एक पटक युद्धकै अनुभूति गरे । मुलुकका विभिन्न स्थान हुँदै नवौं स्थानमा बेसीशहरमा गरिएको फोटो पर््रदर्शनी लर्डाईं र त्यसको दर्ीघकालीन अवसरबारे जानकारी दिन गरिएको आयोजकले बताएका छन् । पर््रदर्शनीमा रहेका सबै तस्वीरले दर्शकलाई निकै भावुक बनायो ।
तस्वीर अवलोकन पछि पर््रदर्शनी कक्ष बाहिर राखिएका प्रतिक्रिया लेख्ने पुस्तिकाहरुमा दर्शकले आफ्ना भावना अक्षरमा ब्यक्त गर्दा पनि अब नेपालीले यस्ता दृष्य देख्न नपरोस् भन्ने कामना गरेका थिए । पर््रदर्शनी विद्यार्थी, शिक्षक, सञ्चारकर्मी, राजनीतिकर्मी र र्सवसाधारण गरी करिब १० हजारले अवलोकन गरेका आयोजकले बताएका छन् ।
नेपालयको मुख्य आयोजना र नेपाल पत्रकार महासंघ लमजुङ र मर्स्याङदी एफ.एम. स्थानीय आयोजक रहेको सो पर््रदर्शनीमा युद्धका अवधिमा भएका भिडन्त, मानवीय र भौतिक क्षति, विभत्स हत्या, द्वन्द्धको दर्ीघकालीन असर, विस्थापितहरुको मनोदशा एवं युद्धपीडित जनता गरि ६२ वटा फोटो राखिएको थियो । यसैबीच फोटो पत्रकारिताको विस्तार र उपयोगिताबारे स्थानीय पत्रकारहरुबीच फोटो पर््रदर्शनीका प्रमुख कुन्द दिक्षितले शुक्रबार एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरे । आयोजनामा पत्र पत्रिका र पुस्तकमा उपयोगि तस्वीरले पार्ने प्रभाव, यसको महत्व र फेरि समाजलाई युद्धमा नफर्किन सचेत गराउन सक्ने बारे छलफल भएको थियो ।

No comments:

Post a Comment