बेसीशहर- नेपाल पत्रकार महासंघ लमजुङ शाखामा भएको विवाद, अनियमितता र जालसाजीको विषयमा छानबीन गर्न केन्द्रिय समितिको एक टोली लमजुङ आउने भएको छ ।
सदस्यता वितरणमा जालसाजी गरिएको र महासंघको सिफारिस भन्दै नक्कली माइन्युट बनाएर केन्द्रमा पठाइए पछि महासंघभित्र त्यसको ब्यापक विरोध भएको थियो । गत माघ २२ गते बोलाईको अधिवेशनसमेत यसै विषयमा केन्द्रित रही स्थगित भएको थियो ।
शाखा अध्यक्ष कृष्ण के.सी.सहित केही सदस्यले माइन्युट किर्ते गरेका र शाखाको सिफारिस भएका ब्यक्तिको सट्टा सदस्यताको लागि शाखामा छलफलसमेत नभएका ब्यक्तिहरुलाई सदस्यता दिए पछि महासंघभित्र विवाद सिर्जना भएको थियो। त्यस्तै शाखाले खारेजीका लागि सिफारिस गरेका युवराज अधिकारीको सदस्यता पुनः नविकरण गरिनु समेत विवादका विषय बनेका थिए । अधिवेशन आफ्नो पक्षमा पार्नका लागि अध्यक्ष के.सी. र अन्य केही ब्यक्तिले पदको नायाजय प्रयोग गरि केन्द्रलाई गुमराहमा पषरेकोे विषयमा छानबीन गर्न केन्द्रिय टोली आउन लागेको हो ।
छानबीन गर्नका लागि केन्द्रिय समितिले मध्यमाञ्चल उपसभापति शिव गाउँले र केन्द्रिय सचिव बलराम बानियालाई जिम्मेवारी दिएको छ । महासंघ केन्द्रिय समितिको गत मंगलबार बसेको वैठकले उनीहरुलाई यस्तो जिम्मेवारी दिएको हो । छानबीन टोली यही साता आउने छ । टोलीले पत्रकार महासंघभित्र भएका अनियमितता र विवादका विषमा छानबीन गरि केन्द्रमा प्रतिवेदन बुझाउने छ । उपसभापति गाउँलेका अनुसार सबैलाई मान्य हुने निकास निकाल्न केन्द्रिय टोलीले पहल गर्नेछ । उनले भने- 'यदि कसैले पदको दुरुपयोग गरेको रहेछ वा दण्डनीय काम गरेको पाइएमा कारबाही अवश्य हुन्छ । त्यस्तालाई नेपाल पत्रकार महासंघका विधान अनुसार कारबाही हुन्छ ।' नेपाल पत्रकार महासंघको विधानले त्यस्तो अनाधिकृत काम गर्नेलाई निलम्बनसम्म गर्न सक्ने व्यवस्था गरेको छ । साथै आरोपितसहित नक्कली माइन्युट लेख्ने र त्यस कार्यमा सघाउनेहरुलाई समेत कारबाहीको सम्भावना बढेको छ ।

No comments:
Post a Comment