हिलेटक्सार- यस गाविसको वडा नं. ४ स्थित माझ गाउँमा रहेको बराह मिलन निमाविमा शिक्षक दरबन्दी नपुगेपछि स्थानीय अभिभावकहरुले ५ बर्षेखि ५ जना शिक्षकलाई चन्दा उठाएर तलब खुवाइरहेका छन् ।
विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले अभिभावकसंग चन्दा उठाएर शिक्षक पाल्नुपरेको विद्यालयका प्रधानाध्यापक सोम श्रेष्ठले बताए । कमजोर भौतिक अवस्थाका कारण विद्यार्थी पनि घट्दै गएका प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।
विद्यालयमा ४ जना सरकारी दरबन्दी र ५ जना शिक्षक नीजि श्रोतमा छन् । २०१३ सालमा खुलेको यो विद्यालयको भवन जर्ीण्ा छ, झयालढोका पुराना भएका छन्, कक्षाकोठामा बुङबुङ्ती धुलो उड्छ र छानो चुहिन्छ । विद्यालयमा विज्ञान सामग्री र पुस्तकालय छैन । विद्यार्थीहरु खेल्न मन गर्छन् तर पर्यप्त खेल मैदान र खेल सामग्री नहुँदा उनीहरु मन बाँधेर बस्न बाध्य छन् ।
शिक्षक दरबन्दी माग्न पटक पटक शिक्षा कार्यालयमा गए पनि सुनुवाइ भएको छैन । चन्दा र ऋण उठाएर कति दिन शिक्षक पाल्न सकिन्छ र खै - स्थानीय खेमजंग गुरुङले भने । विद्यालयको भौतिक स्तर नभएकै कारण गाउँका विद्यार्थीहरु ३ घण्टा हिँडेर अन्य विद्यालयमा पढ्न जाने गरेका छन् ।

No comments:
Post a Comment