scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, July 8, 2008

पानीको निहू“मा निर्घर्ााकुटपीट


बेसीशहर- धारामा खानेपानी थाप्ने क्रममा उत्पन्न सामान्य विवाद पछि शुरु भएको झगडामा एक महिला सख्त घाइते भएकी छन् ।
मोहोरियाकोट गाविसको वडा नं. ३ लाम्पाटा निवासी ४२ बषिर्य लक्ष्मी थापा सख्त घाइते भएकी हुन् । उनलाई गाउँकै आफन्त पर्ने गीता थापाले सोमबार विहान कुटपीट गरेकी थिइन् । विहान धारामा पानी थाप्न गएकी लक्ष्मीलाई गीता थापाले 'यहाँ पानी थाप्न किन आइस् -' भन्दै कुटपीट गरेकी पीडित लक्ष्मीकी बुहारी ज्योति थापाले बताइन् । गीताको कुर्टाईबाट लक्ष्मीको गुप्ताङ्ग र शरीरका अन्य भागमा गम्भीर चोट लागेको बताइएको छ । लक्ष्मीलाई हाल उपचारका लागि काठमाडौं लगिएको छ । घटनाका विषयमा पीडितका श्रीमान् जयबहादुर थापाले प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक रेशम पराजुलले बताएका छन् ।

No comments:

Post a Comment