ंवेसीशहर- आर्थिक बर्ष२०६५/०६६ मा लमजुङ जिल्लाको विकासका लागि १ अर्ब ३ करोड ७४ लाख ५२ हजार रुपैयाँको अनुमानित बजेट छुट्याइएको छ । सदरमुकाम बेसीशहरमा बुधवार आयोजित लमजुङ जिल्ला परिषद २०६५ का अवसरमा जिविस अध्यक्ष तथा स्थानीय विकास अधिकारी दिनानाथ लम्सालले यो बजेट पेश गरेका हुन् ।
जिल्ला परिषद्मा पेश गरीएको बजेट अनुसार जिल्लास्थित विषयगत कार्यालयहरुलाई चालुतर्फ३१ करोड ७६ लाख ११ हजार र पूँजीगततर्फ२९ करोड ८१ लाख ७१ गरी कूल ६१ करोड ५७ लाख ८२ हजार र गैरसरकारी संस्थाहरुका लागि प्रशासनिकतर्फ७ करोड ७४ लाख ९९ हजार तथा कार्यक्रमतर्फ९ करोड १८ लाख २० हजार गरी कूल १६ करोड ३३ लाख १९ हजार बजेट छुट्याइएको छ ।
आगामी आ.व. को संरचनात्मक बजेट विवरण अनुसार सामाजिक विकास समिति अर्न्तर्गत ३८ करोड ८६ लाख, कृषि, वन तथा वातावरण विकास समिति अर्न्तर्गत ४ करोड ७२ लाख, पर्ूवाधार तथा संरचना विकास समिति अर्न्तर्गत १२ करो ८८ लाख, भूमि तथा जलश्रोत विकास समिति अर्न्तर्गत ५ करोड ८२ लाख र जिल्ला विकास समिति अर्न्तर्गत २५ करोड २३ लाख छुट्याइएको छ ।
परिषदमा स्थानीय विकास अधिकारी लम्सालले कृषि, जडिबुटी र जलश्रोत लमजुङको आधार, दर्ीघकालीन दृष्टिकोण गरीबि निवारण र रोजगार भन्ने जिविस लमजुङको मूल नारालाई साकार गर्न कृषि, जडिबुटी, जलश्रोत र पर्यटनलाई प्रमुख प्राथामिकता दिइने उल्लेख गर्नुभयो । उहाँले जडिबुटी निकासीलाई जिल्लाको प्रमुख आम्दानीको श्रोतको रुपमा विकास गर्ने, जलश्रोतको उचित सदुपयोग गरी मर्स्याङदी, दोर्दी, ङा्दी, खुदी, चेपे, मिदिम लगायतका नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरु जिविससंग अनिवार्य रुपमा सहकार्य गरेर मात्र शुरु गर्ने ब्यवस्था मिलाइने बताउनुभयो ।
ऐतिहासिक, धार्मिक एवं ग्रामीण पर्यटनका प्रशस्त सम्भावना बोकेका स्थलहरुको खोजी गरी आन्तरिक तथा बाहृय पर्यटन पर््रवर्द्धन गर्न विशेष कार्यक्रम ल्याउने निर्ण्र्ाापरिषदले गरेको छ । जस अनुसार घलेगाउँ, दूधपोखरी, राइनासकोट, गाउँशहर, घनपोखरा,सिउरुङ, भुजुङ, गिलुङ, करापुटार, गौंडाकोट जस्ता पर्यटकीय महत्वको स्थानमा महोत्सव एवं पर्यटन पर््रवर्द्धन सम्बन्धी विभिन्न कार्यक्रम गरिने छ । त्यस्तै बेसीशहरबाट शुरु भइ उत्तरकन्या, घनपोखरा, भुजुङ, पसगाउँ हुँदै कास्कीको मिजुरे वेगनासताल जोडने गुरुङ सम्पदा मार्गको सम्भाब्यता अध्ययन गरेर कार्यक्रम शुरु गर्ने प्रस्ताव परिषदमा गरिएको छ ।
परिषदले कूल बजेटको १ पं्रतिशत जिल्लाका सञ्चार क्षेत्रको विकासका लागि छुट्याएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रको लागि १० प्रतिशत बजेट प्रस्ताव गरिएको छ ।
परिषदको उदघाटन जिल्ला न्यायाधीश शिवप्रसाद भेलेले गरेका थिए । परिषदमा नेकपा माओवादी लमजुङका इन्चार्ज देवेन्द्र पराजुली, नेपाली कांग्रेस लमजुङका सभापति तुलसी नारायण श्रेष्ठ, नेकपा एमाले लमजुङका सचिव मायानाथ अधिकारी, जनमोर्चा नेपाल लमजुङको उपाध्यक्ष देवबहादुर गहतराज, राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीमजुङका कार्यालय सचिव तिलक गौतम, नागरिक समाजका अध्यक्ष बालकृष्ण बराल, प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायले शुभकामना मन्तब्य राखेका थिए ।
गत जेठ २८ र २९ गते तय भएको जिल्ला परिषद दलहरुबीच अतिथि कसलाई बोलाउने भन्ने विषयमा विवाद भई स्थगित भएको थियो । परिषदमा ऐतिहासिक रुपमा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टर्ीी केन्द्रीय सदस्य, सभासद तथा मन्त्री तथा पर्ूव सांसद तथा जिविस सभापतिहरुको भने सहभागिता रहेन ।
No comments:
Post a Comment