बेसीशहर- गत बर्षचैत २८ गते सम्पन्न भएको संविधानसभा निर्वाचनको सोमबार बेसीशहरमा आयोजित एक कार्यक्रममा समीक्षा गरीएको छ ।
जिल्ला निर्वाचन कार्यालय लमजुङले संविधानसभा सदस्य निर्वाचनमा संलग्न राजनीतिक दल, सरोकारवाला संघसंस्था, सुरक्षा निकाय, पर्यवेक्षक तथा सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिहरुसंग अनुभव आदनप्रदान र सुझाव संकलन गरेको थियो ।
निर्वाचन पर्ूवको मतदाता नामावाली संकलन, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारण, स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, मतपेटिका ढुवानी, मतगणना, पर्यवेक्षण र आचारसंहिताका बारेमा सो अवसरमा छलफल भएको थियो ।
सो अवसरमा सहभागीहरुले मतदाता नामावली संकलन र मतदाता शिक्षा राजनीतिक पर्ूवाग्रहबाट मुक्त हुन नसकेको, मतदान केन्द्रहरु पायक पर्ने स्थानमा नभएका, मतदानपश्चात मतपेटिका समयमै ढुवानी हुन नसकेको, मतपेटिका पारदर्शी भएको, निर्वाचन पर्यवेक्षण अनुमति दिन ढिलाई भएको र आचार संहिता पालना गराउन नसकिएको लगायतका विषयमा निर्वाचन कार्यालयलाई सुझावहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला न्यायाधीश शिवप्रसाद भेले, प्रजिअ हरिकृष्ण उपाध्याय, स्थानीय विकास अधिाकरी दिनानाथ लम्साल, विभिन्न कार्यालयका प्रमुख, राजनीतिक दल, नागरिक समाज र पर्यवेक्षण संस्थाका प्रतिनिधि, तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डालनाथ अर्यालले गोष्ठीमा सहजीकरण गरेका थिए ।
No comments:
Post a Comment