तार्कुघाट असार २४- यस गाविसस्थित रुद्र नि.मा.वि.का ४ जना गरीब तथा जेहन्दार विद्यार्थीलाई लायन्स क्लव अफ काठमाडौं सामाखुशीले छात्रवृत्ति वितरण गरेको छ । जनही तीनहजार पाँच सयका दरले १४ हजार रुपैयाँ रुपैयाँको छात्रवृत्ति लायन्स क्लवका पाष्ट पे्रसिडेण्ड राजु धमलाले शनिबार एक समारोहकाबीच हस्तान्तरण गरेका थिए ।
छात्रवृत्ति प्राप्त गर्नेमा कक्षा १ मा पढ्ने छात्रा कृष्णमाया नेपाली, केजीमा अध्ययन गर्ने रोजिना नेपाली, अमृत वि.क र सुरेश श्रेष्ठ रहेका विद्यालयका प्र.अ. बाबुराम धितालले बताए । छात्रबृत्ति वितरण कार्यक्रममा विद्यालयका संस्थापक कृष्णबहादुर धमला, प्र.अ. बाबुराम धिताल, शिक्षक ऋषिराम लामिछाने र सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले शिक्षा-स्वास्थ्य लगायतका सामाजिक सेवा कार्यहरुमा लायन्स क्लवले पुर्याएको सहयोगको सराहना गरेका थिए । क्लवका पाष्ट पे्रसिडेण्ट राजु धमलाले
सरकारले प्राथामिक तहमात्र स्थायी स्वीकृत गरेको रुद्र निमावि विगत १३ बर्षेखि जनताद्वारा निमावि तह सञ्चालन हुँदै आएको छ। ३ बर्षयता विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ शुरु गरेपछि विद्यार्थीहरुको चाप बढेको प्र.अ. धितालले बताए ।

No comments:
Post a Comment