बेसीशहर- तान्द्राङ टक्सार गाउँ विकास समिति वडा नं. ४ निवासी एक महिलालाई विवाह भएको ११ बर्षछि दाईजो नल्याएको आरोपमा परिवारले घरवाट निकालेका छन् ।
२७ वषिर्या सीता गिरीलाई सासुससुरा लगायत घरपरिवारले घरवाट निकालेका हुन् । सीताका श्रीमान् हर्रि्रसाद गिरी विवाह गरेको १५ दिनमा वैदेशिक रोजगारको लागि कुवेत गएपनि हालसम्म घर फर्केका छैनन् । श्रीमान्ले कुवेतमा नै विवाह गरेको खबर पठाएपछि आफूलाई घरमा सासु ससुराले हेला गर्न थालेका सीताले बताइन् । बर्दिया माइत भएकी सीताको २०५६ साल बैशाख २९ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो । उनका श्रीमान् विवाह भएको १५ दिन पछि विदेशिएकामा हालसम्म घर फर्केका छैनन् ।
श्रीमान्ले विदेशमै विवाह गरेर घर नफर्किएका सीताले बताइन् । श्रीमान् पनि घरमा नभएका र सासु ससुरा, नन्द अमाजु तथा देवरानी जेठानीले हेलाँ गरेका कारण अंश माग गरेको तर ससुरा विष्णुहरी गिरीले माइतीबाट दाइजो नल्याएको भन्दै कुटपिट गरेर घरबाट निकालेका उनले बताइन् । ससुरासँगै सासु पार्वती गिरी र जेठानी र नन्दले पनि आफूलाई कुटपिट गर्ने गरेको उनले बताइन् । अंशको नाममा गाउँको केही पाखोबारी मात्र दिएकाले र त्यसबाट हुने उब्जनीले गुजारा गर्न गाह्रो पर्ने भएकाले केही रकम सीताले माग गरेकी थिइन् ।
यस विषयमा गाउँमा बसेकोे भेलामा सीतालाई तीन लाख दिन उनका ससुरा सहमत पनि भएका थिए र सोही अनुसार विदेशमा रहेका सीताका श्रीमान् हर्रि्रसादले ३ लाख रुपैयाँ श्रीमतीलाई दिनु भनेर पनि पठाएका थिए । तर उक्त रकम ससुराले नदिइ आफै राखेपछि आफू न्यायको खोजीमा आएको सीताले सञ्चारकर्मीहरुसंग बताइन् ।
अहिले सीता न्यायको खोजीमा बेसीशहर आइपुगेकी छन् । आफ्नो समस्या लिएर महिला विकास कार्यालयमा पुगेकी सीतालाई महिला विकास कार्यालयले प्रहरीमा ल्याएको थियो । आफ्नै परिवारबाट अवहेलित भएकी सीताको पक्षमा मानवअधिकारकर्मी, राजनीतिकर्मी तथा सञ्चारकर्मीले सहयोग गरेका छन् । प्रनाउ शिवहरि शिवाकोटीले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

No comments:
Post a Comment