scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 4, 2009

बरु बजेट थपिदिन्छु, यसैबर्षमोटर पुर्‍याउ ः अर्थमन्त्री


बेसीशहर, मंसिर १८


निर्माणाधिन वेसीशहर-चामे सडकको निरीक्षणका लागि मनाङ पुगेका अर्थमन्त्री सुरेन्द्र पाण्डेसहितको एक टोलीलाई एकीकृत नेकपा माओवादीले मनाङमा पनि कालो झण्डाले स्वागत गरेको छ ।र्

अर्थ सचिव रामेश्वर खनाल, नेपाली सेनाको सडक निर्माण कार्यगणका उपरथी नरेश बस्नेत लगायतलाई साथ लिई चामे पुगेका मन्त्री पाण्डेलाई माओवादीले चामेमा कालो झण्डा देखाउँदै नाराबाजी समेत गरेका थिए ।

टोलीले मनाङको हुम्डे विमानस्थल, साथै चामेदेखि ताल हुँदै लमजुङ सदरमुकाम वेसीशहरसम्मको सडक निर्माणको गतिविधिवारे स्थानीयवासिन्दा र सडक निर्माण कार्यगणसंग जानकारी लिएका छन् । बेसीशहरबाट मनाङ जोड्ने एकमात्र निर्माणाधिन वेसीशहर-चामे सडकको निरिक्षण तथा सडक निर्माणमा देखिएका समस्याबारे बुझन मन्त्री मनाङ गएका थिए ।

सडकबारे जानकारी लिएपछी अर्थमन्त्री पाण्डेले यसवर्षभित्रै मनाङमा मोटर पुर्‍याउने सरकारको लक्ष्य रहेको बताउँदै विनियोजित बजेटमा थप गर्न सरकार तयार रहेको जानकारी दिएका थिए । 'बरु बजेट थप्न तयार छु, मनाङ बाटो जसरी नी पुर्‍याउनुस् ।" मन्त्रीको भनाई थियो ।२०५१ सालमा सडक बिभागले शुरु गरेको यो सडक २०५७ सालदेखि नेपाली सेनाले निर्माण गर्दे आएको छ । हालसम्म यो सडकमा ४६ करोड खर्च भैसकेको छ भने यसवर्षसरकारले ९ करोड बजेट निकासा गरेको छ ।

कुल ६५ किमी दूरीको यो सडकको ५२ किमी खण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भईसकेको छ भन स्यागसम्मको २७ किमी सडक खण्डमा मोटर पनि चलिसकेको छ ।








No comments:

Post a Comment