scrolling news

बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 2, 2009

तेस्रो दाइ“ साहित्य सम्पन्न

करापुटार-मंसिर १६

बर्षरिको मिहेनतको फललाई भकारीमा थन्क्याएर बर्षरिको लागि अन्न थन्क्याउने मंसिर महिना । अर्म, पर्म गरेर होस् वा खेतला खोजेर नै किन नहोस् असारमा रोपेको हरियो रोपो अहिले सुनौलो धान भएर किसानहरुको धनसारमा भित्रने भएकाले यो समय किसानहरुको लागि निकै महत्वपर्ूण्ा हुन्छ । त्यसैले यतिबेला किसानहरु निकै ब्यस्त छन् । असारमा असारे भाकामा गुन्गुनाउँदै खेत रोपेका ती किसानहरु अहिले ह..ह.. मालो भन्दै दाइँ गरिरहेका छन् । दाइँको गीत गाउँदै, धान झाँट्दा पराल खिरोल्दा, गोरु धपाउँदा, धान बत्ताउँदा, पराल टौवामा चढाउँदा अनि धानले भकारी भर्न पाउँदा किसानहरुको मन साह्रै आनन्दित हुन्छ चाहे थोरै नै धान भित्रिँदा नै किन नहोस् । यो खुशीमा उनीहरु रम्छन्, गुन्गुनाउँछन् अनि गाउँछन् पनि ।

सयमुरी झरल त बाह्रवीसे रास

गैरी खेतमा धान पाक्यो लंका फुल्यो बास

सितलु घरधनी खलामा दाइँ

घरधनीलाई आषिक देउ अन्नपर्ूण्ा माइ

माड न भाइ बरादो सुन जस्तो नल

सुन जस्तो दानाभित्र चाँदी जस्तो फल

मियोको टुप्पाबाट सहदाना र्झछन्

सिमे भुमे देवी देउता लक्षिनै भर्छन्

मियोका टुप्पाबाट दाइँ गाउँछन् कोइली

आजका दायरालाई घिउका चोइली..

सामान्यतयाः दाइँमा दयाँरे प्राय ः किसान नै हुने गर्छन् । तर शनिबार लमजुङको करापुटारमा आयोजित एक दाइँ भने त्यस्तो थिएन । फाँटमा अन्य दाइँ पनि थिए तर स्थानीय चतर्ुर्भुज अधिकारीको दाइँ अन्य भन्दा फरक थियो । किनकी सोही खलामा हुँदै थियो साहित्यिक दाइँ । दाइँमा दयाँरेहरु थिए- लमजुङका साहित्यकार, पत्रकार राजनीतिकर्मी तथा कर्मचारीहरु ।

किसानहरुको सामिप्य खोजेर उनीहरुको दुःख सुखलाई आफ्नो साहित्य बनाउनुलाई लमजुङे साहित्यकारहरुले तीन बर्षअघिदेखि शुरु गरेका हुन् । पहिले रानीकुवास्थित श्रीकान्त घिमिरेको खलो, गतबर्षहर्रर्ााेटका पद्मराज थपलियाको खलो र यस बर्षकरापुटारका चतर्ुर्भुज घिमिरेको खलोमा साहित्यिक दाइँ भयो । साहित्यलाई किसानको साहित्य बनाउने, उनीहरुसंगै हातलेमालो गरेर साहित्यको जगर्ेना गर्ने उद्देश्यले दाइँ साहित्यको आयोजना गरिएको आयोजक हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरे बताउनुहुन्छ । किसानहरुले खेतवारीमा गुनगुनाउने गीत नै साहित्यको प्रारम्भिक थलो भएकाले पुरानो सभ्यताको सम्मान गर्ने र साहित्यलाई मनोरञ्जनको विषय मात्र नबनाइ किसानहरुको कर्मथलोमा रचना गरी सुनाउने र उनीहरुको चासोको विषय पनि बनाउनर्ुपर्छ भन्ने मान्यता लिएर दाइँ साहित्यको आयोजना गरिएको उहाँले बताउनुभयो ।

लमजुङको ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा राजनैतिक दृष्टिकोणले निकै महत्वपर्ूण्ा मानिएको करापुटारमा दाइँ साहित्यको आयोजना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेल, स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेल र प्रतिषठनका अध्यक्ष आनन्द घिमिरेले संयुक्त रुपमा कून्यूँको जुरो झिकेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । फूल माला, रंग रोगनले चट्ट सिँगारिएको मियोमा चार हल गोरु बाँधिएका थिए । प्रतिष्ठानका सचिव वेन सुयल दाइँलाई साहित्यमय बनाउन कवि तथा साहित्यकारहरुलाई बोलाउन थाल्नुभयो । रमेशचन्द्र घिमिरे, रामचन्द्र शास्त्री, निमानन्द रिजाल, रामचन्द्र अर्याल, रमेश लामिछाने, निर्मल सोती, कृष्ण ओलिया, अमृता असिमलगायतका दर्जनौं कवि साहित्यकारहरुले सो अबसरमा आफ्ना रचनाहरु सुनाएका थिए ।

स्थानीय गोमति युवा क्लवले स्थानीय आयोजकको भूमिका खेलेको थियो । दाइँमा दुना र टपरीमा खाना खान पाउँदा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेललाई पनि आफ्ना पुराना दिनहरु याद आएछन् । उहाँ भन्दै हुनुहुन्थ्यो- "म पनि त किसानकै छोरो हूँ, धान रोप्ने, काट्ने र दाइँ हाल्ने काममा उहिल्यै निकै खुशी लाग्थ्यो । आज यहाँ आउँदा मलाई पुराना दिनहरु सम्झना भएका छन् ।"

नेपाल कृषि प्रधान देश हो । ८० प्रतिशत भन्दा बढी यहाँ किसान छन् । विशेष गरी असार र मंसिर महिना नेपाली किसानका लागि ठूलो महत्व राख्छ । असारमा खेत रोप्नको माचो हुन्छ, मंसीर महिना असारमा रोपिएको धान काटेर थन्काउँदैमा फर्ुसद हुँदैन । किसानहरु यस महिनालाई दशैं तिहार भन्दा पनि ठूलो उत्सव मान्छन् । किसानहरुको यही उत्सवलाई हिमाचलुली कला साहित्य प्रतिष्ठानले विगत तीन बर्षेखि उत्सवको रुपमा मनाउने परम्परा बसाएको छ ।

त्यसैको निरन्तरता स्वरुप शनिबार एक हूल साहित्यकार, पत्रकार र कर्मचारी, राजनीतिकर्मीहरु सदरमुकामबाट मोटरमा सरर हुँदै करापुटार पुगेका थिए । करापुटारस्थित प्रसिर्द्धर् इशानेश्वर मन्दिर छेवैमा दाइँको कार्यक्रम आयोजना गरिएको थियो ।

अधिकारीको दाइँ अन्य भन्दा फरक थियो । किनकी सोही खलामा हुँदै थियो साहित्यिक दाइँ । दाइँमा दयाँरेहरु थिए- लमजुङका साहित्यकार, पत्रकार राजनीतिकर्मी तथा कर्मचारीहरु ।

No comments:

Post a Comment