scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 9, 2009

आदिवासी जनजातिमा गुरुङ


बेसीशहर मंसिर २३
नेपाल आदीवासी जनजाति जिल्ला समन्वय परिषदघ लमजुङको दोस्रो जिल्ला अधिवेसनले खेमजंग गुरुङको नेतृत्वमा नयाँ जिल्ला समितिको चयन गरेको छ ।


नवगठित समितिको उपाध्यक्षमार् इमानसिंह तामाङ, सचिवमा धर्मराज श्रेष्ठ, कोषाध्यक्षमा मुरारी कुमाल, सहसचिवमा जुनमाया चेपाङ र सदस्यहरुमा जे.वी.लामा, बलबहादुर रानामगर, लोकबहादुर दुरा, साजन भुजेल रहनुभएको छ । १५ सदस्यीय हुने जिल्ला समितिमा बाँकी सदस्य पछि मनोनयन गरिने नव निर्वाचित अध्यक्ष गुरुङले बताउनुभयो ।


ँसंविधानको निर्माण, आत्मनिर्ण्र्ाासहितको जातीय स्वतन्त्रता, जातीय विविधतामा एकता’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनको उद्घाटन पर्ूव जातीय संस्कृति र भेषभूषमा जनजातिहरुले र्‍याली निकालेका थिए । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद लमजुङका खेमजंग गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जनजाति महासंघका केन्द्रीय अध्यक्ष पासाङ शर्ेपाले उद्घाटन गर्ने भनिएको अधिवशेन उहाँको अनुपस्थितिमा संस्थाको लमजुङका संस्थापक अध्यक्ष क्याप्टेन रण वहादुर गुरुङले उद्घाटन गर्नुभएको थियो । अधिवशेनमा तमु ह्युल छांेज धींका अध्यक्ष प्रेमबहादुर घले, नेपाल तामाङ घेदुङ संघका अध्यक्ष इमान सि तामाङ, लमजुङ नेवाः खलका धर्मराज श्रेष्ठ, , दुरा सेवा समाजका अध्यक्ष लोक वहादुर दुरा, भुजेल सेवा समाजका अध्यक्ष साजन भुजेल, नेपाल चेपाङ् संघका अध्यक्ष जुनमाया चेपाङ, नेपाल कुमाल सुधार समितिका मुरारी कुमाल लगायतका वक्ताहरुले शुभ कामना मन्तब्य राख्नुभएको थियो ।


अधिवेशनका वक्ताहरुले अब बन्ने संविधानमा आदिवासी जनजातिहरुको हक अधिकार सुनिश्चित गराउनका लागि सम्पर्ूण्ा आदीवासि जनजातिहरु एकजुट भई दवाव दिनुपर्ने बताउनुभएको थियो । सदियौंदेखि आदिवासीहरु राज्यद्वारा हेपिएर रहन बाध्य भएका भन्दै वक्ताहरुले जातीय आधारमा संघीय राज्यको माग राख्नुभएको थियो ।

No comments:

Post a Comment