scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 9, 2009

बन्दले लमजुङ पनि प्रभावित

बेसीशहर मंसिर २३-



प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको बन्द आहृवानका कारण आइतबार लमजुङको जनजिवन पनि प्रभावित भयो । बन्द आहृवानका कारण लमजुङका प्रमुख बजारहरु तथा यातायातका साधनहरु ठप्प भए भने शैक्षिक संस्थाहरु पनि बन्द रहे। सरकारी कार्यालयहरुमा पनि बन्दको प्रभाव पर्‍यो, सरकारी कार्यालयहरु खुले पनि र्सवसाधारणहरु फाटफुट मात्र कार्यलय पुगेका थिए ।


बन्दका कारण बजारमा चहलपहल शुन्य रहृयो, बजारका चोक चोकमा सुरक्षाकर्मी तैनाथ थिए । बन्द सफल बनाउन माओवादी तथा वाइसिएलका कार्यकर्ताहरु बजार अनुगमन गर्दैे सामान्य खुलेका घर पसलहरु पनि बन्द गराएका थिए। माओवादी कार्यकर्ताले गुडिरहेका दर्ुइवटा मोटर साइकललाई भोटेओडारमा केहीबेर नियन्त्रणमा लिइ छाडेका थिए ।

No comments:

Post a Comment