
महोत्सवको तयारी स्वरुप बेसीशहर बजारलाई रंगीचंगी ध्वजापतकाले सिंगारिएको छ । बजारमा स्वागतद्वारहरु पनि निर्माण हुन थालेका छन् । महोत्सव स्थलमा स्टल निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । र स्टलसंगै स्टेजको काम पनि संगै भइरहेको संघका महासचिव तथा प्रचार प्रसार संयोजक राजेश थापाले जानकारी दिनुभयो । उहा“का अनुसार अब स्टल र स्वागतद्वारहरुलाई अन्तिम रुप दिन मात्र बा“की छ ।
तेस्रो लमजुङ महोत्सवको उद्घाटनको दिन नजिकदै गर्दा मुख्य आकर्षामध्येको एक हेलिकप्टर यात्राको लागि झण्डै २ सय ४० जनाले टिकट बुकीङ गरिसकेका छन् । महोत्सवको उद्घाटनकै दिनदेखि हेलिकोप्टर यात्रा गराइने र जम्मा ३ सय जनासम्मलाई मात्र यात्रा गराउन सकिने भएकाले टिकट बुकिङ गरी आफ्नो सीछ सुरक्षित राख्न संघले अनुरोध गरेको छ । त्यस्तै महोत्सवका क्रममा जनही ५ सय रुपैया“ शुल्क लिएर मर्स्याङदीमा र्याफि्टङको मजा लिन सकिने आयोजकले जनाएको छ ।
महोत्सवकै पर्ूव सन्ध्यामा लमजुङ, गोरखा र तनहू“का गायन नृत्य तथा अभिनयमा लुकेका प्रतिभा खोजी गर्न त्रिवेणी कला तथा सांस्कृतिक समाज नुवाकोटले सञ्चालन गरेको अभियान अर्न्तर्गत दोस्रो चरणको छनोट कार्यक्रम विहिबारदेखि बेसीशहरमा हुने भएको छ ।
लमजुङ महोत्सवको प्रचार प्रसारको लागि दोस्रो चरणको छनोट पनि लमजुङमा गर्न लागिएको बताइएको छ । यसका लागि चर्चित लोक दोहोरी गायक राजु परियार बेसीशहर आउने कार्यक्रम रहेको छ ।
यसैबीच लमजुङ महोत्सवमा दर्शकलाई मनोरञ्जन दिने कलाकारहरु पनि थपिएका छन् । नेपाल टेलिभिजनको जिरे खर्ुसानीका हास्य कलाकार मुन्द्रे अर्थात जीतु नेपाल, नेपाल टेलिभिजनबाट प्रसारण भएको छमछमी २ को फष्ट रनर अप ऋतु गुरुङ, गायक प्रमोद खरेल, नेपालकै सबैभन्दा होचो महिला मञ्जु घिमिरे लमजुङे दर्शकलाई मनोरञ्जन दिन आउने भएका छन् ।
महोत्सवमा ख्यात्रि्राप्त गायक कलाकारहरु राजु परियार, विमाकुमारी दुरा, कृष्ण गुरुङ, माण्डवी त्रिपाठी, स्वरुपराज आचार्य, पशुपति शर्मा, रामजी खा“ड आदि आउने तय भैसकेको छ । त्यस्तै प्रसिद्ध हास्य टेलिसिरियल मेरी बास्सैका प्रसिद्ध हास्य कलाकारहरु सिताराम कट्टेल -धर्ुर्मुस), माग्ने बुढा -केदार घिमिरे) जिरे खर्ुसानीका कलाकारहरु मुखा“ हान्नुजस्तो -शिवहरि पौडेल), किरण केसी.-रातामकै), सभासद-शिवहरि वैरागी) भोकलाग्यो-देवीराम पराजुली) लगायतका कलाकार आउने पक्का भैसकेको छ ।
उद्योग, ब्यापार, पर्यटन र कृषिको पर््रवर्द्धन, लमजुङको कला र सांस्कृति संरक्षण भन्ने नारा तय भएको महोत्सवमा अन्य आकर्षाका रुपमा राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, संस्कृति पर््रदर्शनी, कृषि, पुष्प तथा जडिबुटी पर््रदर्शनी, परम्परागत हस्तकला, औद्योगिक तथा ब्यापारिक पर््रदर्शनी, बाल उद्यान, फोटो तथा बृत्तचित्र पर््रदर्शनी, आइटी पर््रदर्शनी पनि आकर्षाको रुपमा रहने छन् ।
No comments:
Post a Comment