बेसीशहर, भदौ ४ गते ।
जिल्ला प्रशासन कार्यालय लमजुङले बजारमा नियमसंगत र गुणस्तर अनुसार ब्यापारिक कारोबार सञ्चालन भए नभएको बारे अब कार्यायोजना बनाएरै अनुगमन गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको वैठकले अनुगमनका लागि सम्बन्धित कार्यालयहरुलाई चालु आर्थिक बर्षो कार्यायोजना बनाउन निर्देशन गरेको हो । ती कार्यालयहरुले कार्ययोजना बनाएपछि नियमित रुपमा बजार अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय लमजुङको अगुवाईमा खाद्यपदार्थ, मासु, तरकारी लगायतका कृषिजन्य पदार्थको विक्री वितरण स्थल, औषधी लगायतका स्वास्थ्य सेवा प्रदायक र्फमका साथै विभिन्न वस्तुको उत्पादन गर्ने उद्योगहरुको अनुगमन हुदै आएको छ । विगतमा पनि विभिन्न क्षेत्रमा बर्षो एक दर्ुइ पटक मात्र अनुगमन हुने गरेकोमा अनुगमन पछि पुन गुनासो बढ्ने गरेको पाइएकोले अब बाराम्बार अनुगमन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अबको अनुगमनमा विगतको अनुगमनका क्रममा कमजोरी भेटिएर सुधार्नका लागि दिइएको निर्देशन पालना भए नभएकोलाई पनि ख्याल गरिने कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment