बेसीशहर- लमजुङका पत्रकार तथा साहित्यकार वासुदेव थापाद्वारा लिखित मानवगाथा महाकाब्यको काठमाण्डौमा एक समारोहकाबीच शनिबार विमोचन गरिएको छ ।
लमजुङमा साहित्यकारहरुको भीडमा थापा एक्ला महा काब्यकार हुनुहुन्छ । १० र्सगमा विभक्त मानवगाथा महाकाब्यमा मानव इतिहासदेखि वर्तमान सम्मको ब्याख्या गरिएको बताइएको छ । मार्क्सवादी चिन्तनबाट प्रेरित थापाको महाकाब्यमा त्यसै अनुसारको विचार पनि प्रभाहित भएको समीक्षकहरुले बताएका छन् । ११ वटा शास्त्रीय छन्द र १ वटा झ्याउरे छन्दको प्रयोग महाकाब्यमा गरिएको छ । मानव जीवन निरन्तर सर्ंर्घष र कर्मले अहिलेको अवस्थामा आइपुगेको महाकाब्यमा उल्लेख गरिएको छ ।
महाकाब्यको वरिष्ठ साहित्यकार आनन्ददेव भट्टले विमोचन गर्नुभएको थियो । सो अवसरमा भट्टले समाजमा रहेका नराम्रा तत्वहरुलाई हटाउने र राम्रालाई अगाडि ल्याउने काम साहित्यले सबैभन्दा प्रभावकारी माध्यमबाट गर्ने बताउदै साहित्य लेखनले जीवन परिवर्तनमा महत्वपर्ूण्ा भूमिका खेल्ने वताउनु भयो ।
वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रतिले महाकाब्यको समीक्षा गर्दै मानव जगतकै समग्र इतिहास लेख्नु चानचुने कुरा होइन भन्नुभयो । अर्का समालोचक एवं महाकाब्य लेखन विद्यामै विद्यावारिधी गर्ने डा राम प्रसाद ज्ञावलीले युवा पुस्ताबाट महाकाब्य आएकोमा वधाई एवं धन्यवाद दिदै महाकाब्यको भाव र विचारगत पक्ष उच्च भएको वताउनु भयो । कार्यक्रममा प्रगतिवादी साहित्यकार निमानन्द रिजाल लगायतले पनि महाकाब्यका बारेमा प्रकास पार्नु भएको थियो ।
लमजुङ जागरण साप्ताहिकका कार्यकारी सम्पादक रहेको थापा लमजुङको सिम्पानी निवासी हुनुहुन्छ । यस अघि थापा“का के हो राजनीति के हो संस्कृति नामको लेख संग्रह, आस्थाका ज्वालामुखी नामको कविता संग्रह प्रकाशित भैसकेका छन् । मानवगाथा महाकाब्य मार्क्सवाद चिन्तन प्रतिष्ठानले प्रकाशन गरेको हो ।
No comments:
Post a Comment