scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 27, 2013

अदिप्त गिरीलाई गजल प्रतिभा पुरस्कार

पोखरा- गजल सन्ध्या, पोखराले हरेक वर्षमोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार  यस वर्षपर्वतका युवा गजलकार आर. के. अदिप्त गिरीलाई प्रदान गरिएको छ । गजलको उत्थानः हाम्रो अभियान' भन्ने नारासहित क्रियाशील गजल सन्ध्या पोखराको तर्फाट १ सय ४८ औं मोतीजयन्तीका सर्न्दर्भ पारेर शनिबार पोखरामा आयोजित एक कार्यक्रमबीच साहित्यकार सरुभक्तले गिरीलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । २ हजार २ सय २२ रुपैया“ नगद, सम्मानपत्र र दोसल्ला रहेको सो पुरस्कार वितरण गर्दै प्राज्ञ तथा साहित्यकार सरुभक्तले नेपाली गजलले आर. के. अदिप्तजस्ता प्रतिभाशाली गजलकारहरुको योगदानका कारण उच्च स्तर प्राप्त गर्न सफल भएको बताउनुभयो । आर. के. जस्ता निरन्तर क्रियाशील गजलकारको सम्मान गर्नु स्वयम् गजल सन्ध्या नै पुरस्कृत भएको भन्दै सरुभक्तले गजल अब नेपाली साहित्यमा सम्मानित र अनुकरणीय विधा भइसकेको जिकिर गर्नुभयो । पुरस्कृत व्यक्तित्व अदिप्तले अज्ञानताकै बीच गजल लेखन थालेको स्मरण गर्दै नेपाली साहित्यमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आफू लागिरहेको बताउनुभयो । आफ्नो अभियानलाई गजल प्रतिभा पुरस्कारले धेरै महत्व राख्ने बताउ“दै उहा“ले अझ नया“ काममा लागिरहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजकर् इश्वरमणि अधिकारीले आर. के. सानै उमेरमा धेरै प्रगति गर्न सफल बहुआयामिक व्यक्तित्व भएकाले पुरस्कृत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।गजलकार्रर् इश्वरमणि अधिकारीको संयोजकत्वमा दीपक समीप र रुपिन्द्र प्रभावी सदस्य तथा अध्यक्ष उदिपराज ढुङ्गाना र सचिव लक्ष्मण तिमिल्सिना पदेन सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिसमा गिरीलाई सो पुरस्कार प्रदान गरिएको हो ।सन्ध्याका अध्यक्ष उदिपराज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दीपक समीप, डा. निरज भट्टर्राई, गजलकार कमल पौडेल 'अथक', सरस्वती ँप्रतीक्षा’ लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । सचिव लक्ष्मण तिमिल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष बिर्सना बस्नेतले स्वागत गर्नुभएको थियो ।र् पर्वतमा रहेर र्'इ समकालीन नेपाली गजल' नामक संयुक्त राष्ट्रिय गजलसङ्ग्रह सम्पादन गर्नुका साथै 'नगरा घन्कन्छ' -गजलसङ्ग्रह), शब्द-सङ्गीत -संयुक्त गीतसङ्ग्रह) र सीमान्त अक्षरहरु -कवितासङ्ग्रह) प्रकाशन पनि गरिसक्नुभएका गिरीले नेपाली गजलका क्षेत्रमा पुर्‍याउनुभएको महत्वपर्ूण्ा योगदानको कदरस्वरुप सो पुरस्कार प्रदान गरिएको हो । गिरी यसअघि नवआवाज प्रतिभा पुरस्कार- २०६१, परिवर्तन सचेतना अभियान नेपाल -सम्मान-२०६२), सामुदायिक विकास मञ्च बाग्लुङ -सम्मान-२०६२), अ गिफ्ट मेम्बरसिप अवार्ड ९ल्बतष्यलब न्िभयनचबउजष्अ क्यअष्बतथ- ग्क्ब्-द्दण्ण्छ०, युथ एसिया अवार्ड, राष्ट्रिय कविता महोत्सव, देवकोटा शतवाषिर्की कविता पुरस्कार, विश्व प्रकृति संरक्षण पुरस्कार, रत्न श्रेष्ठ पुरस्कारसहित राष्ट्रिय र अन्तर्रर्ाा्रय पुरस्कारहरुबाट सम्मानित भइसक्नुभएको छ । सो पुरस्कारबाट यसअघि रुपक वनबासी, इन्द्रकुमार विकल्प, कमल पौडेल 'अथक',  गोविन्दराज विनोदी र दीपक समीप सम्मानित भइसक्नुभएको छ । 


No comments:

Post a Comment