बेसीशहर ११ भदौ
सर्ुर्खेतको कांक्रेबिहारमा भगवान बुद्धको मर्ूर्ति स्थापना गर्न नदिइएकोमा लमजुङका बौद्धमार्गीसमेत आन्दोलित भएका छन् ।
धर्मोदय सभाले कांक्रेविहारमा बौद्धमर्ूर्ति र्स्थापना गर्न रोक लगाएको विरोधमा भोटेओडार र बेसीशहरमा विरोध कार्यक्रम आयोजना गरेको हो । आन्दोलनको केन्द्रीय कार्यक्रम अनुसार धर्मोदय सभाले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फ सरकारसमक्ष ज्ञापनपत्र पठाएको छ । यसका साथै भोटेओडारमा बौद्धमार्गीहरुले पर््रदर्शन समेत गरेका थिए ।
गत बैशाख पूणिर्माका अवसरमा कांक्रेबिहारमा बौद्धमर्ूर्ति स्थापना गर्ने विषयमा विवाद भएपछि सरकारले मर्ूर्ति स्थापनामा रोक लगाउदै आएको छ । २५५७ औ“ बुद्ध जयन्तीको अवसरमा गत जेठ ११ गते सर्ुर्खेर्ेतको लाटीकोईली गाविस- ८, मा पर्ने का“क्रे ेविहारमा बौद्धमार्गीहरुले भगवान बुद्धको मर्ूर्ति स्थापना गर्न लाग्दा जिल्ला प्रशासन कार्यालयको आदेशमा प्रहरीले रोक लगाएको भन्दै देशभरका बौद्धमार्गीहरु आन्दोलनमा छन् ।
यस विषयमा सरकारसंग पटकपटकको वार्ता भए पनि सफल नभएपछि बौद्धधर्मावलम्बीहरुले तेस्रो चरणको आन्दोलन स्वरुप ज्ञापन पत्र र विरोध जुलुस निकालेको धर्मोदय सभाका केन्द्रीय सदस्य विजय गुरुङको भनाई छ । आन्दोलनकै कार्यक्रम अनुसार बिहीबार भोटेओडारमा पर््रदर्शन र बेसीशहरस्थित जिल्ला प्रशासनबाट सरकारलाई ज्ञापन पठाइएको हो । भोटेओडारमा निस्केको जुलुसले भोटेओडार बजार परिक्रमा गरेको थियो । ज उनी
उनीहरुले राज्य धर्म निरपेक्ष घोषित भैसक्दा पनि सबै धर्मलाई समान ब्यवहारनगरिएको भन्दै गुनासो गरिरहेका छन् ।
No comments:
Post a Comment