बेसीशहर, भदौ ४ गते ।
आगामी ५ बर्षा लागि लमजुङ जिल्लाको दर्ीघकालीन विकासका योजना बनाउन आवधिक योजना निर्माण गर्ने उद्देश्यले एक कार्यशाला गोष्ठी बेसीशहरमा सम्पन्न भएको छ ।
जिल्ला विकास समिति लमजुङको आयोजनामा भएको गोष्ठीका क्रममा आवधिक योजना बनाउन विभिन्न कार्यदलको गठन गरिएको छ । कार्यक्रममा पर्ूवाधार विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, संस्थागत क्षमता विकास समिति र वन तथा वातावरण विकास समिति गठन गरी तिनको संयोजक समेत तोकिएको हो । लमजुङमा क्रियाशील ५ वटा राजनीतिक दलहरु- एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा -माओवादी र राप्रपाले एक एक समितिको नेतृत्व गर्ने छन् । कार्यदलमा विभिन्न विषयगत कार्यालय र गैरसरकारी संस्थाहरु समावेश हुनेछन् । ती समितिले आगामी ५ बर्षा गर्ने काम, ती कामको लागि गरिने क्रियाकलापहरु बारे पछि छलफल गरी जिल्ला विकास योजनामा समावेश गरिनेछ ।
स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमले अघिल्लो आवधिक योजनाको मूल्याङ्कन तथा समीक्षा गर्दै आगामी योजना बनाउने उद्देश्यले प्रारम्भिक चरणमा गोष्ठीको आयोजना गरिएको बताउनुभयो । गोष्ठीमा यस अघि बनेको पहिलो आवधिक योजनाको समीक्षा गर्दै दोस्रो योजनाका लागि कार्ययोजनासहित समिति गठन गरिएको हो । कार्यशाला गोष्ठीमा योजना बनाउ“दा अपनाउनु पर्ने नीति नियमहरु, योजनाको उद्देश्य, प्रक्रिया लगायतका विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा स्थानीय विकास मन्त्रालयका उपसचिव रमेश अधिकारीले आवधिक योजनाले स्थानीय सम्भावनाको खोजी गर्ने र जिल्लालाई समृद्ध बनाउन दिशाबोध गर्ने बताउनुभयो ।
लमजुङ जिल्लामा आर्थिक बर्ष२०५८-०५९ मा पहिलो आवधिक योजना निर्माण गरिएको थियो । पहिलो अवधिक योजनाको अवधि ०६३/०६४ मा सकिएपछि अर्को योजना अब बनाउन लागिएको हो । अघिल्लो आवधिक योजनाले कृषि, जडिबुटी, जलश्रोत र पर्यटनलाई मुख्य प्राथमिकता राखेको थियो । जिल्ला विकास समितिले आफ्नो नारा नै "कृषि, जडिबुटी जलश्रोत र पर्यटन लमजुङको आधार, दर्ीघकालीन दृष्टिकोण-गरिबी निवारण र रोजगार" भनि तय गरेको थियो ।
यसैबीच जिल्ला विकास समिति लमजुङको आयोजनामा गत आर्थिक बर्षो प्रगति समीक्षा गोष्ठी सोमबारबाट शुरु भएको छ । गोष्ठीमा विभिन्न विषयगत कार्यालय र गैससहरुले आफ्नो प्रगति विवरण पेश गरेका छन् ।
No comments:
Post a Comment