बेसीशहर, भदौ ४ गते ।
लमजुङको भुलभुलेमा पर्ूवाधार निर्माणको क्रममा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाहरुले डेढ महिनाभित्र वातावरणीय प्रभाव मूल्यांकन सहितको र्सार्वजनिक सुनुवाई नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आयोजनाको प्रभावित भुलुभुले र खुदी गाविसका जनताहरुले गठन गरेको बा“ध तथा सुरुङ प्रभावित क्षेत्र समाजको वैठकमार्फ स्थानीय बासीन्दाको यस्तो चेतावनी आएको हो । भुलभुलेको ङादीमा बसेको समाजको वैठकले यो सहित विभिन्न ५ वटा मागहरु आयोजनाको ब्यवस्थापन समक्ष राखेका छन् ।
आठ बर्षअघि आयोजनाले र्सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन अद्यावधिक गरी पुनः र्सार्वजनिक गर्न उनीहरुको माग छ । ८ बर्षयता प्रभावित क्षेत्रमा धेरै परिवर्तन भइसकेकाले पुनः वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने उनीरुको माग छ । यसका लागि उनीहरुले आगामी असोज १५ सम्मको समय दिएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका साथमा प्रभाव न्यूनिकरणका लागि आयोजनाले गर्ने वातावरणीय तथा सामाजिक कार्यक्रमका योजनाहरु स्थानीयमाझ ल्याउनु पर्ने माग उनीहरुको छ । बा“ध तथा सुरुङ प्रभावित समितिका अध्यक्ष तिलबहादुर गुरुङले मागलाई समान्य नसोच्न आग्रह गर्दै त्यसप्रति आयोजनाले वेवास्ता गरेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार आयोजनाको निर्माण गरिरहेको चिनीया कम्पनी सिनो हाइड्रो र सगरमाथा हाइड्रो पावर कम्पनी हुने चेतावनी दिनुभयो ।
प्रभावित समितिको बैठकले आयोजनामा ५० प्रतिशत मजदुर प्रभावित क्षेत्रका जनतालाई राख्न माग गर्दै यसका लागि स्थानीयलाई सीपमूलक तालिम दिनुपर्ने माग पनि अघि सारेको छ ।
बैठक पश्चात समितिले जारी गरेको विज्ञप्तीमा आयोजनाका विषयमा हुने विभिन्न छलफल तथा अन्तरक्रियाहरुमा स्थानियबासीलाई पनि सहभागी गराउन माग गरिएको छ । त्यस्ता खाले अन्तरक्रिया र छलफलहरु स्थानीयस्तरमै गर्न पनि समितिको माग छ ।
को छ । बेसीशहरमा गएर रिसोर्टमा आयोजनाको विषयमा छलफल गर्नुभन्दा स्थानिय तहमै त्यस्ता कार्यक्रम गर्नुपर्ने र प्रभावित क्षेत्रका बासिन्दालाई पनि सहभागी गराउनुपर्ने माग गरेका हुन् । विज्ञप्तीमा बैठकले गरेका निर्ण्ँयहरु समावेश गरिएको छ । विज्ञप्तीमा बा“ध तथा सुरुङ प्रभावित क्षेत्र समाजका अध्यक्ष तिलबहादुर गुरुङ र विद्युत गृह तथा सुरुङ प्रभावित क्षेत्र समाज भुलभुलेका अध्यक्ष कृष्ण्ँप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । आयोजना निर्माण्ँ गर्दा भुलभुले गाविसको वडा नम्बर चार देखि नौसम्म, खुदी गाविसको वडा नम्बर चार र ६, बाहुनडा“डा गाविसको वडा नम्बर ६, ७ र ९ का बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।
आयोजना निर्माण्ँ शुरु भएको बर्ष दिन वितिसक्दा समेत सरोकार समिति गठन हुन नसक्दा प्रभावित क्षेत्रका बासिन्दा मर्कामा परेका छन् । सारोकार समितिको नेतृत्वका विषयमा राजनितिक दलका स्थानिय नेतृत्वमा सहमति हुन नसक्दा समिति गठन हुन नसकेको हो ।
५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाका निर्माण्ँका लागी चिनिया“ सिना हाईड्रोपावर कम्पनीको ९० प्रतिशत र सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ ।
No comments:
Post a Comment