scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, September 11, 2013

बेसीशहरका १३ वटा पसलबाट एक ट्रक म्याद गुज्रिएका सामग्री जफत

बेसीशहर भदौ २५
कानुनको प्रभावकारी कार्यान्वयन नहु“दा लमजुङका उपभोक्ताहरु गुणस्तरहिन खाद्य सामग्री खान बाध्य छन् । उपभोक्ताको हित गर्ने भन्दै च्याउ झैं खुलेका गैरसरकारी संस्थाहरुको निष्त्रिmयता र कानुनको कार्यान्वयन गर्ने निकायको उदासिनताले र्सवसाधारण उपभोक्ताहरु गुणस्तरहीन र म्याद गुज्रिएको खाद्यवस्तु खरिद गर्न बाध्य हुने गरेको हालैको बजार अनुगमनका क्रममा फेला परेको हो ।
जिल्ला प्रशासन कार्यालय लमजुङको संयोजकत्वमा जिल्लामा गठन भएको अनुगमन समितिले हालै बेसीशहर बजार अनुगमन गर्दा पसलैपिच्छे छ्याप्छ्याप्ती म्याद गुज्रिएका र गुणस्तरहीन खाद्य पदार्थहरु बजारमा विक्री वितरणका लागि राखिएको भेटिएको थियो । अघिल्ला बर्षरुमा पनि यस्ता अनुगमन हुने गरे पनि त्यस्ता गुणस्तरहीन खाद्य पदार्थ विक्री वितरण गर्नेलाई कुनै किसिमको कानुनी कारबाही नगरिदा र्सवसाधारणहरु मर्कामा परिरहेका     छन् । 
विगत केही बर्षता जिल्ला प्रशासन कार्यालयको सक्रियतामा बजारमा अनुगमन हुने गरेको छ । बर्षोनी प्रशासनले गर्ने अनुगमनमा बजारमा त्यस्ता सामग्रीको विक्री वितरण भइरहेको भेटिनुलाई र्सवसाधारणले अनौठो मानेका छन् । त्यस्ता सामग्री विक्री गर्नेलाई कारबाही नगरिनु र बर्षोनी हुने अनुगमनका क्रममा कानुनले निषेध गरेका खाद्यसामग्री विक्री वितरण भइरहेको पाइनुले कतै त्यस्ता ब्यापारी र स्थानीय प्रशासनको मिलेमतो त छैन भन्ने शंका गर्ने ठाउ“ पैदा गरिदिएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विगत केही बर्षता भएका अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहीन सामान विक्री गरेको भेटिए पनि कुनै पनि ब्यापारीलाई कुनै किसिमको कारबाही गरिएको तथ्याङ्क छैन । पछिल्लो पटक बेसीशहर बजारमा अनुगमन गर्ने विषयमा प्रशासनले पर्ूव जानकारी समेत गराएको थियो । पर्ूव जानकारी दिएर अनुगमन गर्दा समेत थुप्रै परिमाणमा म्याद गुज्रिएका र गुणस्तरहीन खाद्य सामग्री खुले आम विक्री गरिनुमा ब्यापारीहरुले नियम कानुनलाई ठाडै मिच्ने गरेको प्रष्ट त भएकै छ, प्रशासनले पनि उनीहरुलाई कारबाही नगर्दा उनीहरुको हौसला अरु बढेको महशुस गरिएको छ ।
म्याद गुज्रिएका र गुणस्तरीय सामग्री विक्री गर्नेलाई उपभोक्ता ऐन अनुसार कारबाही गर्न सकिने ब्यवस्था छ । सरकारले सहायक प्रमुख जिल्ला अधिकारीलाई यस सम्बन्धी मुद्दा हर्ेर्ने, अनुसन्धान तथा तहकिकात गर्ने अधिकार प्रदान गरेको छ । अनुसन्धान अधिकारीले अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा दायर गर्न सक्छन् र अदालतले आरोप प्रमाणित भएमा १ र्षम्म कैद, १ लाख जरिवाना वा दुवै सजाय सुनाउन सक्ने कानुनी ब्यवस्था छ ।
लमजुङमा खाद्यसामग्री बाहेक औषधी समेत म्याद गुज्रिएको विक्री वितरण हुने गरेको बताइन्छ । हालैको अनुगमनमा केही औषधी पसलमा अनुगमन गर्दा म्याद गुज्रिएका औषधी समेत भेटिएको थियो । यसरी नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने मेडिकल हरुमासमेत यस्तो लापार्वाही भएपछि प्रशासनले कारबाही अघि बढाउने सोच बनाएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो । 
जिल्ला अनुगमन समितिका संयोजक समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार सो क्रममा बेसीशहरका एक दर्जन पसलहरुमा म्याद गुज्रेका सामाग्री विक्रिवितरण गरेको पाइएको थियो । खाद्य सामाग्री सप्लायर्स गर्नेहरुले पनि म्याद गुज्रेका सामाग्री विक्रीका लागि ल्याउने गरेको पाइयो । अनुगमनका क्रममा भेटिएका दर्ुइ मालबहाक ट्रकमा अनुगमन गर्दा म्याद गु्ज्रेका सामाग्री फेला परेको थियो । बजार अनुगमन भएको जानकारी पाउनासाथ उक्त सामाग्री ल्याएको ट्रक चालक र विक्रेता भागेका थिए । ट्रकलाई प्रशासनले नियन्त्रणमा लिएको थियो । 
अनुगमन गर्दा फेला परेका म्याद गुज्रिएका सामान संकलन गरी नष्ट गरिएको पौडेेलले जानकारी दिनुभयो । पहिलोपटक त्यस्ता सामाग्री जफत जरि नष्ट गरिए पनि आइन्दा त्यस्ता सामान विक्री वितरण नगर्न चेतावनी दिइएको छ । 
बजार अनुगमनमा चिउरा, भुजा, आ“टा, मैदा, तेल, घ्यु, कोकाकोला, पेप्सीकोला, चाउचाउ, जिरा धनिया, दालमोठ लगायतका सामाग्रीहरु म्याद गुज्रेको अबस्थामा भेटिएका थिए । सो क्रममा मदिराजन्य वस्तु विक्री वितरण गर्ने पसलहरु विना अनुमति सञ्चालन भएका र अन्य खाद्य सामाग्री विक्री गर्ने कतिपय पसलहरु पनि विना दर्ता सञ्चालनमा आएको भेटिएको थियो । 
सो क्रममा मनांगेे चौतारामा रहेका २ मेडिकल हल  सहित १३ पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा जिल्ला प्रशासन, जिल्ला जनस्वास्थ्य कार्यालय, घरेलु तथा साना विकास समिति, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च, उपभोक्ता संरक्षण मञ्च, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
जिल्ला प्रशासन कार्यालयले त्यस अगावै बजार अनुगमन गर्ने जानकारी गराएको थियो । थाहा दिएर केही पसलहरुमा मात्र अनुगमन गर्दा पनि एक ट्रक म्याद गुज्रिएका खाद्यपदार्थ म्याद गुज्रिएको फेला परेको अनुगमनमा संलग्नहरुले बताए । 
म्याद गुज्रिएका सामान विक्री वितरणका लागि राख्नेहरुलाई अघिल्ला बर्षरुमा पनि आइन्दा यस्तो नगर्नु भनेर मात्र छोड्ने गरिएको थियो । पटक पटक त्यस्ता सामग्री भेटिदा प्रशासनले कारबाही नगर्दा समस्या ज्यू“का त्यू“ रहेको पाइएको छ ।
उपभोक्ताहरु सबै सचेत नहुने भएकाले म्याद गुज्रिएका खाद्यपदार्थ खरिद विक्री हुने गरेको छ । उपभोक्ताहरुलाई यसबारेमा जानकारी दिने काम कतैबाट हुन सकेको छैन । उपभोक्ताको हित गर्नका लागि खुलका विभिन्न संस्थाहरु अनुगमनमा मात्र प्रशासनले बोलाउ“दा समेत ढिलो गरी आउने गरेकाले यि संस्थाबाट उपभोक्ताहरुले राहत पाउन सकेका छैनन् । उपभोक्तामा जागरण ल्याउन सके र त्यस्ता म्याद गुज्रेका सामान विक्री गर्ने ब्यापारीहरुलाई थोरैमात्र पनि कारबाही हुने हो भने समास्या धेरै हदसम्म समाधान हुने उपभोक्ताको भनाई छ ।
बेसीशहरको बजारमा किराना पसल र औषधी पसलमा मात्र नभई अन्य पसलहरुमा समेत गुणस्तरहीन वस्तुको विक्री वितरण भएको गुनासो छ । बजारमा खसी भन्दै बाख्रीको मासु र रा“गो भन्दै भैंसीको मासु समेत विक्री हुने गरेको गुनासो कहिलेकाही सुन्न पाइन्छ ।

No comments:

Post a Comment