बेसीशहर भदौ २५
लमजुङको पर्यटकीय गाउ“ भुजुङका वासिन्दाले यस बर्षा लागि आफ्नो गाउ“को कानुन आफै बनाएका छन् ।
शहरबजारका चोकचोकमा संविधान सभाको निर्वाचनको र्समर्थन र विरोधमा चर्का कुराहरु चलिरहेको बेला भुजुङका वासिन्दा भने निर्वाचनका कुरा छोडेर आफ्नो गाउ“को नीति नियम बनाएका हुन् । उनीहरुले गत बर्षगाउ“मा बनाइएको नीति नियम कार्यान्वयन भए नभएको समेत लेखाजोखा गरे । अघिल्लो बर्षो समीक्षा गरी यो बर्षा लागि आवश्यक परे नया“ नीति, नियम बनाउन उनीहरु जुटेका हुन् । झण्डै ४ सय घर रहेको भुजुङ एउटै गाउ“ र एउटै गाविसको रुपमा समेत परिचित छ । लमजुङको पुरानोमध्ये एक मानिने यो गाउ“ सांस्कृतिक, प्रकृतिक पर्यटकीय दृष्टिकोणले महत्वपर्ूण्ा छ । भुजुङ गाउ“मा नया“ नीति र नियम बनाउनका लागि यतिबेला भदौ सभा चलिरहेको छ । शुक्रवारदेखि शुरु भएको सभा सोमबार सकिएको हो ।
सभामा, गाउ“का बुद्धिजीवि, बुढापाका, भद्रभलाद्मी, आमा समूह, बाबु समूह, पर्ूव जनप्रतिनिधिहरु, बालबालिका, युवाक्लवका प्रतिनिधि लगायत सहभागी थिए । सभाले मानापाथीको भाउ, कामदारको दैनिक ज्याला, मासुको भाउ, तौलने शेर र धार्नीको भाउ, गाउ“घरमा उत्पादित हस्तकलाका समानहरुको मूल्य लागयत तोकेकोे छ ।
सभामा वर्षरि गाउ“मा भए गरेका विकास निर्माणका कामदेखि राम्रा र नराम्रा कामको समीक्षा गरिएको थियो । भदौसभा आयोजक समितिका संयोजक कालबहादुर गुरुङले भदौ सभामा बर्षरि गाउ“मा चोरीडकैती गर्ने, अरुको विगार्ने र अरुको खेतबारीमा गएर बस्तुभाउ छाडा छोडिदिने,े अन्नबाली चोर्ने तथा अरुको बारीमा गएर घा“सदाउरा गर्नेलाई आगामी दिनमा त्यसो नगर्न कसम खुवाइएको बताउनुभयो । सभाले कतिपयको पारिवारिक समस्याको समाधान समेत गर्ने उहा“को भनाई छ ।
गाउ“को नीति नियम बनाउन भुजुङका वासिन्दाले हरेक वर्षो भदौ अन्तिम सातातिर 'भदौसभा' को आयोजना गर्ने गर्छन् । सभाले आगामी दिनहरुमा गर्ने कार्य तथा कार्यक्रमको योजना समेत तर्जुमा गर्नेछन् । देश चलाउने संविधान बन्न नसकीरहेको बेला लमजुङको भुजुङ गाउ“का वासिन्दा भने आफ्नो गाउ“को कानुन आफै बनाउन जुटेका हुन् । गतबर्षो भदौ सभाले गाउ“मा उत्पादित रा“गा, खसीबोका आदिलाई गाविस बाहिर बेचन नपाउने नियम बनाएको थियो । सभाले रोधी बस्न र मेलापर्वहरुमा वरपरका युवायुवतीलाई सामुहिक रुपमा राख्न नपाईने नियम बनाएको थियो ।
बढदो मूल्यबृद्धि नियन्त्रण हुन नसकेको र कानुनको कार्यान्वयन हुन नसकिरहेको देशको वर्तमान अवस्थामा लमजुङको भुजुङ गाउ“का वासिन्दाले आफ्नो गाउ“मा मूल्यबृद्धिको प्रभाव पर्न त दिएका छैनन् नै, गाउ“को कानुन बनाएर कार्यान्वयन र पालना पनि गरिरहेका छन् । दलहरु संविधानसभाको र्समर्थन त कोही विरोध गरिरहेका बेला भुजुङका नागरिकहरुले मिलेर संविधान बनाउन सन्देश दिएका छन् ।
No comments:
Post a Comment