भोटेओडार, असोज ८
पिंगल छन्द प्रतिष्ठान लमजुङको आयोजनामा तथा पिङगल छन्द प्रतिष्ठान भोटेओडार मञ्चको सक्रियतामा भोटेओडारको भक्ति नमूना उच्च माध्यामिक विद्यालयमा छन्द प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पर्ूर्वीय साहित्य दर्शनको सबैभन्दा महत्वपर्ूण्ा र विशाल क्षेत्र ओगटेको छन्द पछिल्लो समयमा लोप हुन लागेकोले छन्दा जोगाउने अभियान लिएर स्थापना भएको प्रतिष्ठानले विभिन्न विद्यालयहरुमका छन्द प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएको छ । नेपाली साहित्यमा छन्दको प्रयोग हराउदै गएको अवस्थामा स्कूले विद्यार्थीहरुलाई पनि छन्द सिकाएर नेपाली साहित्यको श्रीबृद्धि गर्ने अभियन अर्न्तर्गत कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण न्यौपानेको प्रमुख आतिथ्यता तथा भक्ति नमुना उमाविका प्रअ उत्तरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष न्यौपानेले विभिन्न छन्दका विषयमा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा लोक छन्द, मात्रिक छन्द, वाणिर्क छन्द र मुक्त छन्दका बारेमा सिकाइनुका साथै ती छन्दमा प्रयोग हुने सूत्रका बारेमा प्रशिक्षण जानकारी गराइएको थियो ।
No comments:
Post a Comment