scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, September 25, 2013

विद्यालयले तोकिएको तलबभत्ता नदिए पछि विद्यालय सहयोगीहरु फेरि आन्दोलनमा

बेसीशहर-असोज ८
 लामो आन्दोलनपछि सरकारले विद्यालयमा कार्यरत विद्यालय सहयोगीहरुको तलबभत्ता तोकेको भए पनि कतियप सामुदायिक विद्यालयले तोकिएको तलबभत्ता नदिए पछि विद्यालय सहयोगीहरु फेरि आन्दोलनमा उत्रिएका छन् ।
सरकारले तोकेर रकम पठाएको भए पनि लमजुङका केही सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहयोगीहरुले आफूहरुले सो रकम नपाएको गुनासो गरेका छन् । सरकारले पर्ूव प्राथामिक तहका लागि २ हजार ५ सय, प्रावि तहका लागि ३ हजार ५ सय, निमावि र मावि तहका विद्यालय सहयोगीका लागि ६ हजार २ सय रुपैया“ तलब तोकेको थियो । सो अनुसारको रकम जिल्ला शिक्षा कार्यालयले निकासा गरेको भए पनि विद्यालयहरुले भने विगतमा जस्तै कार्यालय सहयोगीहरुका लागि थोरै तलबभत्ता दिन लागेपछि विद्यालय सहयोगीहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले सोमबार जिल्ला शिक्षा कार्यालयमा कामरोक धर्ना समेत गरेका थिए । उनीहरुमध्ये कतिपयले आफूहरुले अहिले पनि मासिक ८ सय रुपैया“ तलबमा काम गर्नुपरेको गुनासो गरेका छन् । आफूहरुलाई सरकारले तोकेको तलब नदिइए आन्दोलन जारी राख्ने बताएका छन् ।

No comments:

Post a Comment