बेसीशहर, असोज ८
संघीय समाजवादी पार्टर्ीी अध्यक्ष अशोक र्राईले आफूहरुले उठाएको पहिचानको मुद्दा जातीयता नभएको दावी गर्नुभएको छ ।
जातीय संघीयताको पक्षपोषण गर्न संघीय समाजवादी पार्टर्ीीे गठन भएको आरोप लागिरहेकै बेला सो पार्टर्ीी अध्यक्ष र्राईले यस्तो बताउनुभएको हो । शुक्रबार बेसीशहरमा आयोजित सो पार्टर्ीीे घोषणा सभामा बोल्दै र्राईले आफूहरुले उठाएको मुद्दा संघीयताको भए पनि जातीयताको नभएको भन्दै बचाउ गर्नुभएको हो । आफूहरुले उठाएको संघीयता समानताका लागि भएको प्रष्ट्याउ“दै अध्यक्ष र्राईले जातियता, इतिहास, धर्म, संस्कृतिलाई पहिचान मान्नु पर्ने भन्दै आफ्नो पहिचानको माग गर्नुलाई जातीय राज्यको मागको रुपमा नबुझ्न आग्रह गर्नुभयो । गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्ष, संघीयता, पहिचान आफ्नो पार्टर्ीीे मुद्दा भएको र्राईले बताउनुभयो । उहा“ले पहिचानसहितको संघीयता र संघीयता सहितको संविधानका लागि संघीय समाजवादी पार्टर्ीी एकत्रित हुन उहा“ले आग्रह गर्नुभयो ।
संविधानसभाको आगामी निर्वाचनमा पहिचानसहितको संघीयता पक्षधरहरुलाई विजयी विजयी गराए मात्र जनताले चाहे अनुसारको संंविधान निर्माण हुन सक्ने उहा“को भनाई थियो । आगामी संविधानसभालाई आफूहरुले आफ्नो जनमत बुझ्ने अवसरको रुपमा आफूहरुले लिएको उहा“ले बताउनुभयो । एमालेको उपाध्यक्ष रही विभिन्न राजनीतिक विषयमा नेतृत्वसंग कुरा नमिलेपछि छुट्टै पार्टर्ीीठन गर्नुभएका र्राईले आफ्नो पार्टर्ीीे ५७ जिल्लामा जिल्ला समिति गठन भइसकेको जानकारी दिनुभयो ।
अहिलेको संक्रमणकालबाट मुक्ति पाउनका लागि निर्वाचनमात्रै एकमात्र विकल्प भएको र्राईले बताउनुभयो । आगामी निर्वाचनमा बैद्य माओवादीसहित ३३ दललाई पनि सहभागी गराउनुपर्ने सुझाव दिदैं र्राईले त्यसका लागि राजनीतिक संयन्त्र र सरकारले फेरि पनि पहल गर्नुपर्ने उहा“को भनाई थियो ।
घोषणा सभामा संघीय समाजवादी पार्टर्ीी केन्द्रीय सदस्य लिला सिटौलाले जातजातिको लडाइ निम्त्याउन र जातीय संघीयताको लागि नभई सम्पर्ूण्ा जनताको समान न्यायको लागि पार्टर्ीीे जन्म भएको दावी गर्नुभयो । उहाले संघीय समाजवादीको स्थापना जातीय संघीयताका नभएको जिकिर गर्नुभयो । संघीय समाजवादी पार्र्टर्ीीा सबै जातजाति र समुदायका नागरिकहरु अटाउन सक्ने बताउनुभयो ।
घोषणा सभा आयोजक समितिका संयोजक गजेन्द्र गरुङको अध्यक्षतामा भएको कायक्रममा संघीय समाजवादी पार्टर्ीी स्थायी समिति सदस्य गणेशमान गुरुङ, नेकपा-माओवादीका वैकल्पिक केन्द्रीय सदस्य मोहनहरि पौडेल, जनजाति अगुवा पृथ्वीमान घले, धर्म घले, अमृता चेपाङ लगायतका वक्ताहरुले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष खेमजंग गुरुङले स्वागत मन्तब्य रार्ख्र्नुभएको थियो ।
No comments:
Post a Comment