बेसीशहर, असोज ८
भोटेओडार- त्रिभुवन विश्वविद्यालय चिकित्सााशास्त्र अध्ययन संस्थान महाराजगञ्ज मेडिकल क्याम्पसमा एमबीबीएस प्रथम वर्षा अध्ययनरत विद्यार्थीहरुले गरेको एक अध्ययनमा लमजुङको उदीपुर गाविसमा वितरित खानेपानी दुषित रहेको फेला परेको छ ।
सो क्याम्पसका विद्यार्थीहरुले विगत एकमहिनादेखि उदीपुर गाविसका सबै वडामा स्वास्थ्य र्सवेक्षण गरेकामा यस्तो नतिजा फेला परेको विद्यार्थीहरुले बताएका छन् । र्सवेक्षणका क्रममा सो गाविसका सबैै वडाहरुबाट पानीको नमूना संकलन गरी परीक्षण गरिएको थियो । सो क्रममा त्यहा“ वितरित खानेपानीमा इ-केलाई नामक व्याकटेरिया प्रचुर मात्रा भेटिएको अध्ययनमा संलग्न विद्यार्थीहरुले बताए । विद्यार्थीहरुका अनुसार सो ब्याक्टेरियाले स्वास्थ्यमा हानी पुर्याउ“छ ।
अध्ययनकै क्रममा उदीपुरका १८० घरमा गरिएको र्सवेक्षणमा एक महिना भित्रमै ४६ जनालाई झाडापखालाले ग्रस्त पारेको देखिएको थियो । अध्ययनका क्रममा उदीपुरमा वितरित खानेपानी पाइप र खानेपानीको ट्यांकी समेत जर्ीण्ा अवस्थामा रहेको पाइएको उनीहरुले बताए ।
अध्ययनको क्रममा खानेपानी दूषित भएको पाइएपछि विद्यार्थीहरुले पानीलाई शुद्ध बनाउने उपायका बारेमा समेत जानकारी गराएका थिए । उनीहरुले विभिन्न लघु परियोजना संचालन गरी खानेपानी शुद्ध बनाउने उपायहरुबारे जानकारी गराएका थिए ।
यसैबीच सोही क्याम्पसबाट आएका विद्यार्थीहरुले भोटेओडारमा गरेको सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमको समीक्षा पनि सम्पनन भएको छ । गत भदौ १० गतेदेखि विद्यार्थीहरुले भोटेओडारका सबै वडामा पुगी स्थानीयको मातृ शिशु स्वास्थ्य परिवार नियोजन, कुपोषण जस्ता विषयमा अध्ययन गरेका थिए । सो क्रममा त्यस क्षेत्रका अधिकांश बालबालिका कुपोषणको शिकार भएको पाइएको विद्यार्थीहरुले बताए ।
अध्ययनका क्रममा स्वास्थ्य चौकी नजिकै नहुनु, जनचेतनाको कमि लगायतका कारणले स्थानीयको स्वास्थ्यमा प्रभाव पारेको निष्कर्षनिकालिएको छ । अध्ययनमा खटिएका विद्यार्थीहरुले बालबालिकामा देखिएको कुपोषण कम गर्न विभिन्न सुझावहरु समे तदिएका थिए । उनीहरुले घरमै सर्बोत्तम पिठो बनाउन, जीवनजल बनाउन, दिसा गरेपछि वा धुलो माटो वा फोहरमा काम गरेपछि उपयुक्त तरिकाले हात धुने विषयमा जानकारी गराएका थिए ।
कार्यक्रम भोटेेओडार बजार व्यवस्थापन समितीका अध्यक्ष कुल बहादुर गरुङको अध्यक्षतामा भएको थियो ।
No comments:
Post a Comment