बेसीशहर, असोज ८
राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी केन्द्रीय सदस्य हेमजंग गुरुङले नेकपा-माओवादीलाई निर्वाचनमा सामेल गराउनका लागि भए पनि रेग्मी सरकारको विकल्प खोज्नु पर्ने बताउनुभएको छ ।
र् वर्तमान अवस्थामा बैद्य समूह लगायतका असन्तुष्ट दलहरुलाई पाखा लगाएर निर्वाचन गर्न नसकिने भन्दै गुरुङले त्यसका लागि वर्तमान खिलराज रेग्मीको सरकारको विकल्प खोजेर भए पनि उनीहरुलाई निर्वाचनमा ल्याउनु पर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीनकटको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको तेस्रो जिल्ला सम्मेलनको तयारीबारे जानकारी दिन मंगलबार बेसीशहरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गुरुङले यस्तो विचार राख्नु भएको हो ।
उहा“ले बैद्य समूह निर्वाचनमा आउन तयार रहे केही समयका लागि निर्वाचन मिति र्सार्न सकिने पनि बताउनुभयो । नेकपा-माओवादी लगायतका असन्तुष्ट दलहरुको सहभागिता विना संविधान बनाउन नसकिने भन्दै गुरुङले बैद्य समूह निर्वाचनमा आउ“छ भने मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायधीशको पदबाट राजीनामा दिन लगाउनु पर्ने बताउनुभयो ।
No comments:
Post a Comment