scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, September 25, 2013

बेसीशहर बचत तथा ऋण सहकारी संस्था लि. को दोस्रो अधिवेशन तथा चौथो साधारण सभा सम्पन्न

बेसीशहर, असोज ८
बेसीशहर बचत तथा ऋण सहकारी संस्था लि. को दोस्रो अधिवेशन तथा चौथो साधारण सभा आइतबार बेसीशहरमा सम्पन्न भएको छ ।
अधिवेशनले कृष्ण कुमार प्रधानको अध्यक्षतामा नया“ कार्य समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा विमल श्रेष्ठ, सचिवमा प्रेमकुमार श्रेष्ठ र कोषाध्यक्षमा प्रदीप बस्नेत चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा जीवन दनाई, नेत्रबहादुर गुरुङ, किशोर राना, राजेश कायस्थ, कमल श्रेष्ठ, सन्तोष श्रेष्ठ र सरिता बोहरा चयन हुनुभएको छ । अधिवेशनले सुरेश प्रधानको संयोजकत्वमा लेखा समिति पनि चयन गरेको छ । समितिमा हरिकुमार श्रेष्ठ र प्रेमकुमार श्रेष्ठ सदस्य हुनुहुन्छ । त्यसैगरि इ. कमल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय शिक्षा उपसमिति गठन भएको छ । समितिमा जनक बस्नेत र परमेश्वर पिया सदस्य हुनुहुन्छ भने जीवन दनाईको संयोजकत्वमा तीन सदस्यीय बजार ब्यवस्थापन समिति पनि गठन गरिएको सहकारीले जनाएको छ । समितिमा नारायण श्रेष्ठ र हरिकुमार श्रेष्ठ सदस्य चयन हुनुभएको छ । ऋण उपसमितिको संयोजकमा विमल श्रेष्ठ चयन हुनुभएको छ । सो उपसमितिमा ज्योतिकुमार पिया र खेम कु“वर सदस्य हुनुुहुन्छ ।
साधारणसभा तथा अधिवेशन बेसीशहर क्षेत्र सहकारी समन्वय समितिका संयोजक नारायणप्रसाद घिमिरेको प्रमुख आतिथ्य र सहकारीका अध्यक्ष प्रवीण कायस्थको अध्यक्षतामा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन सत्रमा सहकारीका संस्थापक अध्यक्ष भद्रबहादुर खवास, सल्लाहकार ऋषिराम अधिकारी, संस्थापक सेयर धनी त्रिलोकचन्द्र गुरुङ, लेखा समितिका संयोजक सुरेशकुमार प्रधान, शिक्षा समितिका संयोजक जनक बस्नेत लगायतले मन्तब्य राख्नु भएको थियो ।
साधारणसभाको अवसरमा सहकारीले आर्थिक बर्ष२०६९/०७० मा १० करोड रुपैया“को कारोबार गरेको जानकारी गराइएको थियो । त्यस्तै सो अवधिमा ६ करोड ५० लाख बचत संकलन गरी ४ करोड ७५ लाख रुपैया“ ऋण लगानी गरेको कार्यक्रममा बताइयो । 

No comments:

Post a Comment