scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

कांग्रेसभित्र नेताहरुको जुहारी संगठन व्रि्रने कार्यकर्ताको चिन्ता

बेसीशहर पुस २
संविधानसभाको निर्वाचनको टिकट वितरण नहु“दासम्म एकजुट जस्तो देखिएको नेपाली कांग्रेस लमजुङ अहिले विवादको भुमरीमा फस्न थालेको  छ । 
निर्वाचन अघिसम्म खासै नेताहरुबीच जुहारी र गुटवन्दी नदेखिए पनि निर्वाचनको बेलादेखि शुरु भएको गुटबन्दीले अहिले चरम रुप लिने संकेत देखिएको छ । संविधानसभाको निर्वाचनमा लमजुङ क्षेत्र नंं १ मा अनपेक्षित पराजय ब्यहोर्नुपरेपछि घात अन्तर्घर्ााो  टिकाटिप्पणीले गर्माएको कांग्रेसभित्र अहिले थरिथरिका कारबाही, प्रतिकार र आरोप प्रत्यारोपले पुसको जाडोमा पनि गर्मीको महशुस गराउन थालेको छ ।
विशेषगरी गएको संविधासभाको निर्वाचनमा अन्तर्घर्ाागरेको भन्दै क्षेत्र नं. १ को क्षेत्रीय समितिले पर्ूव सभापतिहरु शंकरकान्त जोशी, तुलसीनारायण श्रेष्ठ, महासमितिका सदस्यर् इीन्दरा तिवारी, महाधिवेशन प्रतिनिधि खुशीमान गुरुङ र चिती गाउ“ कार्य समितिका सभापति प्रकासबाबु तिवारीलाई कारबाही सिफारिस गरेपछि विवादले उग्र रुप लिने संकेत गरेको छ । क्षेत्रीय भेलाले जिल्ला पार्टर्ीीभापति कृष्ण कोइरालाले समेत असहयोग गरेको भन्दै खेद प्रस्ताव पारित गरेको थियो । सोही विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटबन्दीको राजनीति फेरि शुरु भएको छ । नेताहरु गुटबन्दी र आरोप प्रत्यारोपमा उत्रिएपछि कार्यकर्ता भने निराश भएका छन् ।
संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट लमजुङका दुवै क्षेत्रमा उमेदवारको आकांक्षी धेरै देखिएका थिए । विधानतः क्षेत्रीय समितिले  उमेदवारको नामावली केन्द्रमा सिफारिस गर्नुपर्ने भए पनि जिल्ला तथा केन्द्रका केही नेताहरुको बलले आकांक्षी सबैको नाम केन्द्रमा सिफारिस गरिएको थियो । सोहीबेलादेखि पार्टर्ीीत्र गुटबन्दी पुनः शुरु भएको बताइन्छ । यद्यपी लमजुङ कांग्रेसभित्र  गुटबन्दी ०५१ सालदेखि नै शुरु भएको हो । केन्द्रमा पार्टर्ीीmुटेपछि जिल्लामा पनि दर्ुइ पक्षमा विभाजित भएका लमजुङ कांग्रेसका नेताहरु पार्टर्ीीकीकरण पछि पनि एक हुन सकेनन् । भाषणमा पार्टर्ीीत्र कुनै समस्या नभएको भन्न नछुटाए पनि ब्यवहारतः कांग्रेसका नेताहरु एकले अर्कोलाई सिध्याउन सधैं लागिपरेको दुखेसो कार्यकर्ताको छ । संविधानसभाको निर्वाचनमा बढी नै आकांक्षा    गरेकाहरुले टिकट नपाएपछि उनीहरु पार्टर्ीी दुवै क्षेत्रका उमेदवारलाई हराउन हदैसम्म लागि परेको पुष्टि विस्तारै हुन थालेको छ । अहिले स्वयं अन्तर्घर्ाागरेको भनिएका नेताहरुको क्रियाकलापले पनि पुष्टि गर्ने आधार बनिरहेको छ । 
निर्वाचनको सरगर्मी सकिएपछि विभिन्न गाविसमा पार्र्टर्ीीा उमेदवारहरुलाई हराउन क-कसले के भूमिका खेले भन्ने रहस्य पनि विस्तारै खुल्दै जान थालेका छन् । अहिले विपक्षी दलका नेता कार्यकर्ताहरुले पनि कांग्रेेसमा अन्तर्घर्ाागर्ने गराउनेहरुको नालीवेली दिन थालेका छन् ।
पार्टर्ीीत्र घात अन्तर्घर्ााो विषय अहिले चर्चामा रहिरह“दा पार्टर्ीीे संगठनमा यसले कस्तो प्रभाव पर्ला भन्ने शंका उपशंकाले पनि राम्रै बहस चल्न थालेको छ । पार्टर्ीीे हित विपरित काम गर्नेलाई कारबाहीको लागि एकाथरि लागिरहेका छन् भने त्यसको विरुद्धमा आरोपित नेताहरु एकजुट हुन थालेका छन् । यसको ज्वलन्त उदाहरण क्षेत्र नं. १ अर्न्तर्गत भएका हालैका विभिन्न परिघटनाले पुष्टि गरिरहेका छन् ।
क्षेत्रीय समितिले चुनावमा पार्टर्ीी उमेदवारलाई असहयोग गरेको भन्दै ५ जनालाई ३ बर्षम्मका लागि पार्टर्ीीदस्यताबाट निष्काशन गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेपछि त्यसविरुद्ध क्षेत्र नंं १ अर्न्तर्गत कारबाही सिफारिसमा परेका चितीका सभापति प्रकाशबाबु तिवारीले क्षेत्र नंं १ का सभापति र पराजित उमेदवार डा टकराज गुरुङलाई नै कारबाही गर्न जिल्ला कार्य समितिमा सिफारिस गरेपछि विवाद बढेको छ ।
यसैलाई आधार बनाएर जिल्ला अनुशासन समितिका संयोजक तथा क्षेत्रीय समितिबाट कारबाहीको सिफारिसमा परेका तुलसी नारायण श्रेष्ठले धिताल र गुरुङलाई स्पष्टीकरण सोधेपछि विवादमा मलजल थप्ने काम भएको छ ।
सबै पक्षले पार्टर्ीीे विधानलाई आफू अनुकूल ब्याख्या गर्दै गरेपनि अनुशासनको कारबाहीका विषयमा विधानमा के छ भन्ने नबुझेको देखिन्छ । कसैलाई कारबाही गर्नुपरेमा क्षेत्रीय समितिले जिल्ला अनुशासन समितिमार्फ र जिल्लाले पनि कारबाहीको लागि केन्द्रमा सिफारिस गर्न सक्ने ब्यवस्था छ । अनुशासन समिति रहेका ब्यक्तिमाथि नै कारबाहीको सिफारिस गर्नुपरेमा के गर्ने भन्ने विषयमा भने विधानमा स्पष्ट गरिएको छैन । अहिले लमजुङमा अनुशासन समितिकै संयोजकलाई कारबाहीको सिफारिस गरिएकाले के हुने भन्ने बारेमा केन्द्रीय समितिले नै बोल्न सक्छ । 
कांग्रेसको विधानमा अनुशासन भंग गर्नेलाई कसुर हेरि स्पष्टीकरण सोध्ने, नसियत दिने, सम्झाउने, निलम्बन गर्ने र निष्कासन गर्नेसम्मको ब्यवस्था छ । निलम्बन ६ महिनाका लागि र निष्काशन ३ बर्षो लागि गर्न सकिने ब्यवस्था छ ।

No comments:

Post a Comment