scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाको बा“ध निर्माणको कार्य शुरु

बेसीशहर पुस २ 
ङादी- निर्माणको चरणमा रहेको माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाको बा“ध निर्माणको कार्य शुरु भएको छ । सोमबार बा“धस्थल ङादीमा औपचारिक कार्यक्रमको आयोजना गरी आयोजनाले मर्स्याङदी नदीको वहावलाई परिवर्तन गरी बा“धको निर्माण कार्य शुरु भएको जनाउ दिएको हो ।
माथिल्लो मर्स्याङदी ए को ड्याम साइट यस्तो हुने आयोजनाले जनाएको छ ।
ङादी बजार नजिकै रहेको झोलुंगे पुल मुनि खुदीतर्फपहरोमा सुरुङ खनेर मर्स्याङदीको बहाव परिवर्तन गरी बा“ध निर्माणको औपचारिक काम शुरु गरिएको आयोजनाले जनाएको छ ।
सिनो-सगरमाथा हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको सो आयोजनाले विगत डेढ बर्षता आयोजनाको काम दु्रत गतिमा गरिरहेको छ । दर्ुइसय नेपाली र दर्ुइसय चिनीया कामदारहरु निर्माणको काममा सक्रिय छन् । अबको २५ महिनाभित्र आयोजनाको काम सक्ने लक्ष्य राखिएको कार्यक्रमका अवसरमा बताइएको थियो ।
यो आयोजना रन अफ दि रिभर प्रविधिमा बन्न लागेको हो । ङादी दोभानमा बा“ध बा“धेर मर्स्याङदीको पानीलाई पा“च किलोमिटर सुरुङमार्फ भुलभुलेको वडा नं ३ मा मर्स्याङदी तटमा निर्माण हुने बिद्युत गृहमा खसाली ५० मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । १२ अर्ब रुपैया“ लागत अनुमान गरिएको सो आयोजनाको गत विहीबार मात्र र्सार्वजनिक सुनुवाई गरिएको थियो । सुनुवाई सम्बन्धी समाचार पृष्ठ ६ मा छ । 
मर्स्याङदीको बहाव परिवर्तन गराउने कार्यक्रमको औपचारिक समारोहमा बोल्दै सभासद जमीन्द्रमान घलेले आयोजनाले लमजुङको विकासमा महत्वपर्ूण्ा भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । माथिल्लो मर्स्याङदीको ब्यवस्थापनलाई स्थानीयबासीन्दासंग सहकार्य र समझदारी गरी अघि बढ्न सुझाव दिदैं घलेले आफू जनता र आयोजनबीच पुलको काम गर्न तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै चिनीया दूतावासका उपप्रुमख तथा राजनीतिक परामर्शदाता चेङ जीले नेपाल र चीनबीचको मित्रतालाई आयोजनाले थप बल पुर्‍याउने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्युत विकास बोर्डका महानिर्देशक डिल्लीबहादुर सिंहले आयोजनाको निर्माणबाट प्रत्यक्ष परोक्ष रुपमा स्थानीय समुदाय र सिंगो  लमजुङका बासीन्दाले लाभ पाउने भन्दै आयोजनाको बा“ध निर्माणको काम महत्वपर्ूण्ा हुने भएकाले सबै पक्षले आयोजनालाई सहयोग गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति कृष्ण कोइराला, नेकपा एमाले क्षेत्र नं. १ का अध्यक्ष जीतबहादुर गुरुङ, एमाओवादी का राज्य समिति सदस्य राजु थापा, नेकपा-माओवादीका सेक्रेटरी अविरल न्यौपाने, राप्रपाका प्रतिनिधि खड्गबहादुर गुरुङ, स्थानीय विकास अधिकारी विष्णुदत्त गौतम, डिएसपी गोरखसिंह भण्डारी लगायतको उपस्थिति थियो । हाल आयोजनाको बा“ध निर्माणका साथै सुरुङ निर्माण, आवास निर्माण, पुल तथा सडक निर्माण र पावरहाउस निर्माणका कार्यहरु शुरु गरिएको छ । २०७३ असोजदेखि ब्यापारीक रुपमा बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजना चाइनिज कम्पनी सिनो हाइड्रोको ९० र सगरमाथा हाइड्रोपावरको १० प्रतिशत लगानीमा निर्माण हुन लागेको हो । 

No comments:

Post a Comment