scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, February 27, 2007

माओवादी हतियार ३ हजार ?-मिलन शर्मा

बेसीशहर फागुन १३ गते,नेकपा माओवादीले जनयुद्धका त्रmममा प्रयोग गरेका अधिकांश हतियारहरु लुकाएको आशंका गरिएको छ । माओवादी सेना र हतियारको सुपरिवेक्ष्ाण्ा तथा दर्ताको काम सम्पन्न भएपछि राष्ट्रसंघका विशेष्ा दूत इयान मार्टिनले माओवादीका ३ हजार ४ सय २८ हतियार मात्र दर्ता भएको सार्वजनिक गरेपछि यस्तो आशंका उठेको हो । जबकी माओवादीले जनय्‍द्धका त्रmममा राज्य पक्ष्ाबाट मात्र ३ हजार ४ सय ३० थान हतियार लुटेका थिए । राष्ट्रसंघको टोलीले हालसम्म ३० हजार ८ सय ५२ माओवादी लडाकुको दर्ता सकिएको बताएको छ । माओवादी नेत ृत्वको सुरक्ष्ााको लागि खटिएका माओवादी लडाकु र तिनका हतियारको दर्ता प्रत्रिmया भने जारी छ । त्यस्तै सेनाको हतियारको दर्ता पनि छिट्टै गरिने बताइएको छ । दर्ता गरि कण्टेनरमा राखिएका हतियारहरुमा ए.के. ४७, मोर्टार, मेसीन गन, स्वचालित तथा घरेलु बन्दुकहरु रहेका छन्‍ । हाल प्रमाण्ाीकरण्ा गरिएका ३० हजार सेनाको जम्मा ३ हजार हतियार देखिनुले आगामी संविधानसभालार्इ प्रभावमा पार्न माओवादीले आफ्ना हतियार लुकाएका त हैनन्‍ भन्ने सोच्न बाध्य बनाएको छ ।

No comments:

Post a Comment